खेल

श्रीलंकाली क्रिकेट बोर्ड मुरलिधरन विरुद्ध

श्रीलंकाली क्रिकेट बोर्ड मुरलिधरन विरुद्ध
muralidharanसाउन– ११ । श्रीलंकाली क्रिकेट बोर्डले सोमबार भ्रमणका अस्ट्रेलियाली टिमका बलिङ सल्लाहकार मुथैया मुरलिधरनविरुद्ध विरोध दर्ता गरेको छ । श्रीलंकाली टिमसँग आबद्ध पूर्वसाथी खेलाडीसँग मुरलिधरनले झगडा गरेपछि बोर्डले विरोध गरेको हो । पहिलो टेस्ट सुरु हुनु ठीक अगाडि मुरलिधरनले श्रीलंका टिमका व्यवस्थापक चारिथ सेनानायकेलाई दुव्र्यवहार गरेको आरोप लगाए । ‘मुरलिधरनले जस्तो व्यवहार गरे, त्यो स्वीकारयोग्य छैन । मुरलिधरनले गरेका व्यवहार अस्ट्रेलियाली टिम व्यवस्थापक समक्ष औपचारिक रूपमा विरोध गरेका छौं,’ सेनानायकेले स्थानीय मिडियासँग भने । मैदानमा दुवै टिमका खेलाडीलाई प्रवेशको अनुमति नहुँदा मुरलिधरनले अस्ट्रेलियाली खेलाडीलाई अभ्यास गर्न दिएको पनि बताए । सुमभिपालाका अनुसार मुरलिधरनले ग्राउन्डम्यानसँग अनावश्यक विवाद र चर्को स्वरमा कराउनुका साथै व्यास्थापक सेनानायकेसँग पनि झगडा गरे । बोर्डको यस विरोधबाट अस्ट्रेलियाली पक्षबाट भने कुनै जवाफ आएको छैन । मुरलिधरन श्रीलंकाली क्रिकेटका अहिलेसम्मकै सबैभन्दा सफल स्टार खेलाडी हुन् र उनले टेस्ट क्रिकेटमा आठ सय विकेट लिएका छन् । उनले ६ वर्ष अगाडि सन्यास लिएका थिए । सामाजिक सञ्जालमा उनको खुवै विरोध भएको छ । त्यसक्रममा उनले सामाजिक सञ्जालबाट आफ्नो स्पष्टीकरण पनि दिने प्रयास गरेका थिए । उनको भनाइ थियो, ‘म देश विरोधी होइन, व्यावसायिक रूपमा आफ्नो काम गरिरहेको छु । श्रीलंकाले मलाई काममा लगाएन, अस्ट्रेलियाले भने मेरो योगदान बुझ्ने प्रयास गर्याे ।’

Muralidharan Sri Lanka

विशेष