नारायणी नदीमा यस्तो देखियो

साउन - ११ । विगत केही दिनको वर्षापछि देशका विभिन्न ठाउँमा वाढी पहिरो आइरहेको छ । जसका कारण कयाैं मानिसहरु सुरुक्षित स्थानको खोजी गरिरहेका छन् ।
तर, नारायणी नदीकाे छेउमा भने मानिसहरुकाे ठेलमठेल लागेकाे छ । स्थानिय बासिन्दाहरु बाढीबाट सुरक्षित हुन भन्दा पनि बाढीले बगाएर ल्याका काठदाउरा छाेप्न हानाथाप गरिरहेका थिए ।
नारायणीमा बाढी आइरहेको बेला बाढीको वास्ता नगरी स्थानीबासिन्दा नारायणीको तिरमा आएका काठदाउरा जम्मा गर्न स्थानियको भिड लागेको थियो । यस्ताे अवस्था उच्च सर्तक हुनु पर्नेमा उनीहरुको ज्यानकाे बाजी थापेर काठदाउरा वटुल्न पुगेका थिए ।
तस्विर गाेविन्द घिमिरेकाे फेसबुकबाट ।


