अब्दुल कलाम पत्रिका बेचेर भए बैज्ञानिक
भारतका पुर्व राष्ट्रपति एपिजे अब्दुल कलामको जुलाई २७ २०१५ मा ८४ वर्षको उमेरमा निधन भएको थियो । उनी राजनितिज्ञ मात्र नभएर वैज्ञानिक र दार्शनिक समेत हुन जो अविवाहित थिए । उनी भारतका ११ औ राष्ट्रपति हुन । एक मध्यम मुस्लिम परिवारमा जन्मिएर पनि भारतिय गणतन्त्रको निर्वाचित राष्ट्रपति भए ।उनको जिवनमा उनको पिता पढे लेखेको नभए पनि उनले दिएको संस्कार कलामको जिवनमा धेरै काम आयो ।
कमजोर आर्थिक अवस्था का कारण उनले आफ्नो पढाईको निरन्तरताका लागि आखबार बेच्ने काम पनि गरेका थिए । उनले अग्नि मिसाइल र पृथ्वी मिसाईलको सफल परिक्षण गरे र भारतीय रक्षा मन्त्रालयमा वैज्ञानिक सल्लाहकार नियुक्त भए । उनको एक पछि अर्को सफल्ताका कारण भारत परमाणु शक्ति सम्पन्न राष्ट्रहरुको सुचिमा सामेल भयो ।
उनी भारतिय अन्तरिक्ष विज्ञान एवं प्रविधि ससंथान कुलपति पनि रहेका थिए । सिलाङमा इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (आईआईएम) को कार्यक्रमलाई सम्बोधन गर्दागर्दै कलाम लडेका थिए । उनलाई मेघालयकै बेथानी अस्पतालमा भर्ना गरिएको थियो र सोही अस्पतालमा निधन भएको हो ।
कलामको जन्म सन् १९३१ को अक्टोबर १५ मा तमिलनाडु राज्यको रामेश्वरमस्थित धनुषकोडी गाउँमा भएको थियो । मुस्लिम परिवारमा जन्मेका अब्दुल कलामका बुवा जलालुद्दिन डुंगा चलाउँथे । उनकी आमा आसियम्मा थिइन् । उनले करिब तीन किलोमिटरसम्म पत्रिका बेच्न जाने गर्थे । त्यहाँबाट फर्किएर हतारमा खाना खाएर विद्यालय जान्थे । विद्यालयबाट फर्किएपछि बिहान पत्रिका र्पुयाएका घरमा पैसा उठाउन जान्थे ।
संघर्ष गर्दै पढाइलाई निरन्तरता दिएका कलामले मद्रास विश्वविद्यालयबाट सन् १९५४ मा भौतिकशास्त्रमा स्नातक पूरा गरेका थिए । उनी सन् १९५५ मा एरोस्पेसिस अध्ययन गर्न मद्रास गए । सन् १९६० मा एरोस्पेसिसको पढाइ सकेपछि भारत सरकारको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसनमा वैज्ञानिकको रूपमा जागिर सुरु गरे ।
कलामले सुरुमा भारतीय सेनाका लागि साना हेलिकोप्टर बनाउने काम थालेका थिए । यसरी उनले आफ्नो अध्ययन अगाडि बढाएका थिए । यति कठिनतापूर्वक जीवन बिताउन बाध्य भए पनि उनले गरिब र पिछडिएका वर्गअन्तर्गत राखिएका आरक्षणको लोभ कहिले गरेनन् । यसका लागि उनले कुनै दिन पनि नाम भजाएनन।
अल्पसंख्यक र पिछडा वर्ग दुवैबाट आरक्षित वर्गमा उनी पर्थे। उनी सधैं खुला प्रतिस्पर्धामै उत्रिए । सन् १९९९ देखि २००१ सम्म उनले भारत सरकारको प्रमुख वैज्ञानिक सल्लाहकार भएर काम गरेका थिए । सन् १९९८ को भारतको पोखरान(दोस्रो न्युक्लियर परीक्षणमा कलामले उल्लेखनीय भूमिका खेले । त्यतिबेला मिसाइल परीक्षणमा सफलता पाएकाले उनलाई धेरैले ‘मिसाइल म्यान’को उपनाम दिएका थिए । उनलाई रकेट र मिसाइल प्रविधिका महारथी मानिन्छ ।
Abdul Kalam