मनोरञ्जन

बहु विवाह गर्छु भन्ने यि हिरोइनलाई जानौं

बहु विवाह गर्छु भन्ने यि हिरोइनलाई जानौं

kangana-ranaut-20054 बलिउड अभिनेत्री कंगना रनौट विभिन्न विवादका कारण पछिल्लो समय चर्चामै छिन् । तर, उनले नयाँ फिल्म भने पाएकी छैनन् । फिल्म र अभिनयभन्दा पनि निजी जीवनका प्रसंगलाई लिएर चर्चामा रहेकी कंगना फेरि विवादमा फसेकी छिन् । २९ वर्षीया यी अभिनेत्री अब विवादमा फस्नुको कारण हो, उनकै अभिव्यक्ति ।

विवाहबारे सोधिएको प्र्रश्नमा उनले भनिन्, ‘मेरो एउटा विवाह हुन सक्छ भने अर्को पनि हुन सक्छ । एउटा विवाह हुन सक्छ भने धेरै विवाह पनि हुन सक्छन् ।’ कंगनाले ‘इन्डिया कल्चर फेसन विक’मा पत्रकारलाई यस्तो जवाफ दिएकी हुन् । उनको अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा कडा आलोचना गरिएको छ ।

Kangana Ranut

विशेष