स्वास्थ्य

हस्तमैथुनगर्दा यौन सम्पर्कमा रुची नहुने के कारण होला ?

हस्तमैथुनगर्दा यौन सम्पर्कमा रुची नहुने के कारण होला ?

sex in sad

पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ । सय थोपा रगत बराबर एक थोपा वीर्य हुन्छ भन्ने मान्यता छ । यसले गर्दा पनि स्वप्नदोष हुँदा या हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन् । यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फूर्तिलो बनाउँछ । पछिल्लो समयमा चिकित्सकहरूले हस्तमैथुन गर्न हौसाइरहेका छन् ।

बढ्दो एचआईभी संक्रमण, यौन रोग, बलात्कारका घटना कम गर्न युवाहरूलाई हस्तमैथुन गर्न प्रेरित गरिएको छ । वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो । पिच्चपिच्च थुकिरहे पनि मुख सुख्खा हुने गरी कहिल्यै सुक्दैन । वीर्य स्खलन भएर सकिने चिज पनि होइन । अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ । अण्डकोष निश्चित भाग जसमा वीर्य बस्ने गर्छ त्यो भाग भरिएपछि यो बाहिर निस्कन्छ ।

यौन सम्पर्क नगरेको लामो समय भयो वा हस्तमैथुन पनि गरेको छैन भने अण्डकोषमा जम्मा भएको वीर्य स्वप्नदोषमार्फत स्खलित हुन्छ । यो एकदमै सामान्य प्रक्रिया हो । वीर्य पतनबाट कुनै पनि किसिमको शारीरिक वा मानसिक हानि हुन्छ भन्नु क लागेको मानिसले खाना खाएर वा निद्रा लागेको मानिसलाई सुतेर हानि हुन्छ भन्नुजस्तै हो । वीर्य पतन तथा हस्तमैथुनसम्बन्धी भ्रमले धेरैले दुःख पाउने गरेका छन् । यसले चिन्ता तथा उदासीपनको समस्या ल्याउने गरेको छ ।

यौन चाहना मेटाउने सुरक्षित उपाय हस्तमैथुनलाई जसरी भ्रमको भुमरीमा पारिएको छ त्यसै गरी स्वप्नदोष हुँदा कमजोर भइन्छ, अल्छी लाग्छ, काममा जोशजाँगर हुँदैन भन्ने भ्रम छरिएको पाइन्छ । हस्तमैथुन नगरी बस्न पनि नसक्ने, गर्दा पनि केके न बिराएँ भनी चिन्ता गर्नेको ठूलो जमात छ । हस्तमैथुन गरेकै कारण वा स्वप्नदोष भएकै कारण कुनै मान्छे दुब्लाउँदैन । यसका कारण कुनै कमजोरी सिर्जना पनि हुँदैन ।

Hand Sake Health Woman Health

विशेष