खेल

सम्मान कार्यक्रमले खेलाडीको हौसला बढ्छ – राष्ट्रपति

सम्मान कार्यक्रमले खेलाडीको हौसला बढ्छ – राष्ट्रपति
bidhya devi bhandari साउन – १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल खेलकुद पत्रकार मञ्चका कार्यसमितिका पदाधिकारी, स्पोर्टस् अवार्ड विजेता तथा एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस)का पदाधिकारीलाई मंगलबार भेट गरेकी छिन् । एआइपिएसद्वारा आयोजित १३ औँ स्पोर्टस् अवार्डका सबै आठ विधाका विजेतालाई बधाई दिएकी छिन् । राष्ट्रपति भण्डारीले खेलाडीलाई सम्मान गर्ने काम गरेकोमा आयोजक मञ्चलाई हृदयदेखि नै धन्यवाद व्यक्त गरे सँगै यसले खेलाडीको हौसला बढाउने विश्वास व्यक्त गरिकी छिन् । एआइपिएस एसियाका अध्यक्ष मोहम्मद कसिमले एसियाली खेलबारे राष्ट्रपतिलाई जानकारी गराए । अन्तर्रा्ष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश काठमाडौंमै सम्पन्न एआइपिएस एसियाको दोस्रो कार्यसमिति बैठकले अन्तराष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश जाने विश्वास राष्ट्रपति भण्डारीले लिएकी छिन् । नेपाल जस्तो सानो देशमा यस्तो कार्यक्रमले अन्तर्रा्ष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश जाने र यस किसिमको कार्यक्रम भविष्यमा पनि नेपालमा हुने आशा राष्ट्रपतिले लिएकी छिन् । एआइपिएस बैठकको सफलताले भूकम्पपछि नेपाल सुरक्षित रहेको सन्देश गएको राष्ट्रपति भण्डारीको भनाइ छ । बैठकमा २१ राष्ट्र सहभागी मञ्चले आयोजना गरेको  एआइपिएसको कार्यसमिति बैठकमा २१ देशका २६ जना सहभागी रहेका थिए ।

bidhya debi bhandari RAKHEPA

विशेष