स्वास्थ्य

ग्रिन सिटी हस्पिटलद्वारा बिना चिरफार मुटुको सल्यक्रिया सम्पन्न

ग्रिन सिटी हस्पिटलद्वारा बिना चिरफार मुटुको सल्यक्रिया सम्पन्न
Geen cityसाउन – १२ । नेपालमा पहिलो पटक काखीमुनी सानो प्वाल पारी मुटुको अप्रेशन सफलतापुर्बक सम्पन्न भएको छ । ग्रिन सिटी हस्पिटलले बिना चिरफार मुटुको शल्याक्रिया सफलतापूर्वक सम्पन्न गरेको हाे । बुधबार हस्पिटलले एक कार्यक्रमा गर्दै जानकारी दिएको हो । डा. अनिल भट्टरार्इकाे नेतृत्वमा धादिङ्ग जिल्ला ज्यामरुङ गाबिस १ लामास्थान निवासी १६ बर्षीया श्रीषा कार्कीको काखीबाट भएको ओपन हर्ट सर्जरी पछि उनको मुटुमा रहेको समस्या समाधान भएको छ । उनको मुटुमा प्वाल परेको कारण केही समयदेखि श्वास प्रश्वासमै अफ्ट्यारो भएको थियो । यसपटक ग्रीनसिटी अस्पतालमा पहिलो पटक काखीमा सानो प्वाल पारी गरिएको ओपन हर्ट सर्जरी उदाहरणीय भएको छ । डा भटराईका साथमा डा रञ्जन सापकोटा, एनेश्थेसिया डा बिश्वास प्रधान र डा आशिष अमात्य सहित पर्फुजनिष्ट तथा स्टाफ नर्सहरुको टिम थियो । डा. भट्राईकै नेतृत्वमा ग्रीन सिटी अस्पतालमै ६ महिना भित्र १८ जनाको ओपन हर्ट सर्जरी सम्पन्न भयो । green city hospital नेपालमै पहिलो पटक काखीमुनीबाट ओपन हर्ट सर्जरी सफलतापुर्बक सम्पन्न भएकोले अस्पतालले सो अप्रेशन शुल्क नलिने निर्णय गरेको अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले जानकारी गराएका छन् । यस अघि ओखलढुंगाका कमल धमलाको पनि ओपन हर्ट सर्जरी निशुल्क गरिएको थियो । धमला अति गरीवीको रेखामुनी भएको र उनको अपे्रशन नभए बाच्न नसक्ने अबस्था भएको जानकारी पाएपछि अस्पतालले सेभ द हार्टको समेतको सहयोगमा निशुल्क अप्रेशन गरेको हो । स्मरणीय छ , एक जना नागरिकको मुटुको अप्रेशनका लागि नेपालमा करीब ४ लाख लाग्छ भने भारतमा ६ लाख भारु लाग्ने गरेको छ । यसर्थ नेपालको अर्थतन्त्रलाई पनि सहयोग हुने गरी नेपालमै हुन सक्ने कामका लागि बिदेश नजान पनि आम नागरिक समक्ष अस्पताल आह्वान गर्दछ । कार्यक्रमलाई सम्बोधन गर्दे नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रेरणादायी भएको बताएका छन् । उनले यो हस्पिटलले उदाहरणीय काम गर्दै आएको साथै राज्यलाई समेत यो हस्पिटलले चुनौति दिएको र सरकारी हस्पिटललाई समेत व्यांग्य गरेको बताए ।

Green City Green city Hospital Prchanda

विशेष