विचार

भोला रिजालको नेतृत्वमा आएका डाक्टरहरुले सडक र बगैंचामा जे गरे

भोला रिजालको नेतृत्वमा आएका डाक्टरहरुले सडक र बगैंचामा जे गरे
BHOLA RIJAL 2 डाक्टर गोविन्द केसीले आषाढ २६ गते आफ्नो ८ औ अनशन सुरु गरे । अख्तियार प्रमुख लोकमानसिहं कार्कीलाई महाअभियोग लगाउने लगायत अन्य चार बुँदे माग राखेर उनी अनशन सुरु गरेका थिए । डा केसी अनशन सुरु गर्नु पूर्व अनशनको सर्मथन र विरोधमा सोसिल मिडियामा ट्रेन्डिङ नै भयो । यता टिचिङ अस्पतालले उनको अनशनलाई हस्तक्षेप गर्न खोज्यो । तर, ब्यापक दवावपछि उनी टिचिङ अस्पतालमा नै अनशन बसे । ----------------- प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुड–बाई गरेर प्रचण्ड यता देउवासंग हात मिलाउदै थिए । प्रचण्ड प्रधानमन्त्री बन्ने र देउवाले सघाउने खबर बाहिरिन नपाउदै देशको राजनीति तरंगित हुन पुग्यो । राजनीतिक दल सत्ता ढाल्ने र जोगाउने खेलमा व्यस्त भए । केही युवाहरु  ‘आई एम विथ केपी ओली’ भन्दै नारा लगाउन थाले । तुल, ब्यानर, पम्प्लेट सहित हुलकाहुल मानिसहरु सडकमा निस्किए । माइतीघरदेखि बानेश्वारसम्मकाे क्षेत्र जुलुसकाे केन्द्र बन्याे ।  फेरि, यता अनशनरत् डा केसीका समर्थक युवाहरु ‘आई एम विथ डाक्टर केसी’ भन्दै जाेड ताेडले नारा लगाउन थाले । पुनः माइतीघरदेखि बानेश्वरसम्म जुलुसले माहोल ततायो । गाडी गुड्ने व्यस्त सडकमा समर्थक र विराेधकर्ताकाे जुलुस निस्कियाे ।  सवारी आवगमनमा अवराेध सँगै यात्रुलार्इ बाधा पुग्यो । सडक कोलालमय बन्याे।  -------------------------- नेपालको राजनीति तथा समसामयिक विषयमा युवाहरु आजभन्दा पहिला मौन जस्तै थिए । यो पटक नेपालको राजनीति तथा सामाजिक विषयमा युवाहरुको सक्रियताले एउटा नयाँ आशा जगायाे  । डा केसीको पक्षमा युवाहरुले सक्रियता देखाए । त्यस्तै, केपी ओलीको पक्षमा आवाज उठाउन पनि बेवास्ता गरेनन ।  अषाढ २६ गते सुरु भएको केसीको अनशन साउन १० गते १६ औ दिनपछि आएर रोकियो । सरकारी टोलीले उनका माग सम्बोधन गर्ने सहमती गरेपछि भिक्षु र अर्थोपेडिक्सको बिरामीको हातबाट जुष पिएर अनशन तोडे । यसबीचमा यता केपी ओलीको सरकार काम चलाउ भइसकेको थियो । संसदमा ओलीले मन छुने मन्तव्यसंगै राजीनामा दिइसकेका थिए । यस्तै दृश्यहरुले गर्दा पछिल्लो समय राजधानीमा पूरै मोफसलको ध्यान खिचियो । देशका विभिन्न जिल्लाका नागरिकहरुले काठमाण्डौमा भएको विभिन्न गतिविधिहरुलाई नियालिरहे । ---------------------  गत असारदेखि देशको परिस्थितीमा असामान्य परिवर्तन अायाे । यो परिवर्तनलाई देशभरका युवाहरुले नजिकबाट हेरे र अनुभव पनि गरे । साथै विभिन्न मुद्दा उठाएर स्वस्पूर्त ढंगबाट माइतीघरदेखि बानेश्वरसम्मको जुलुुसमा सहभागी पनि भए ।  डा केसी समर्थक विवेकशील नेपालीले आयोजना गरेको जुलुसमा धेरै नै संयमता अपनाइएको थियो । माइतीघरदेखि बानेश्वरसम्म आउदा न त सडकको फूल नै भाचियो, न त पानीको बोतल नै फ्याकियो । यतीसम्म कि ब्यानर, पर्चा, पम्पेल्ट पनि सडकमा फ्यालिएको थिएन । कोही फूल रोपेको ठाउँमा चड्ने बित्तिकै स्वयमसेवक आएर तल झार्थे । कसैले फोहोर गरेको देखे टिपिहाल्थे । यता केपी अाेली समर्थकले गरेकाे जुलुसमा यस्तै वातावरण नदेखिए पनि सडकमा पम्प्लेटको फोहोर भने देखिएन । केपी ओली सर्मथक र डाक्टर केसी सर्मथकको अभियान जारी नै भएपनि अहिले सोसिल मिडियामा मात्र सिमित छ । --------------------- तर, फेरि बुधवार माइतीघरदेखि बानेश्वरमा त्यस्तै अर्काे जुलुस निस्कियाे । पहिलाकै जस्तो जुलुस थियो । तर, यो जुलुस न त केसीको सर्मथनमा थियो, न त केपी अाेलीका समर्थनमा।  याे जुलुस निजी मेडिकल कलेजका सञ्चालकहरुकाे थियाे । उनीहरु गोविन्द केसी र सरकारबीच भएको सम्झौताको बिरोधमा सडका उत्रिएका थिए । उनीहरुको सहमती बिना सरकारले डा केसीसंग सम्झौता गरेको आरोप लगाइ विराेधमा सडक तताइरहेका थिए । सङ्ख्याको हिसावले जुलुसमा सहभागी न्युन थिए । sadak 2 तर, उनीहरुले गरेको फोहोर त्याेभन्दा धेरै थियाे । उनीहरुले पम्प्लेट जताततै फालेका थिए । यत्रतत्र छरिएका पम्प्लेटको दृश्यले सडक कुरुप बनेकाे थियो । त्यस्तै, सडककाे छेउछाउका बाेटविरुवाले पम्प्लेटको छाता ओडेको थियो । आफ्नो मागको लागि आवाज उठाउदै मेडिकल पढ्दै गरेका बिद्यार्थीहरुले गरेको यस्तो फोहोरले समाजमा कस्तो प्रभाव पर्छ ? वुद्धिजिवि भनिने मानिसले नै यस्ताे व्यवाहर गरेपछि कसले गर्ने हाम्रो सहर सफा ? हरेक मागको लागि आन्दोलन गर्ने हाम्रो सस्कृतिले हाम्रो सहरलाई कता लगेको छ ? यसरी नै फोहोर गर्दै जाने हो भने के हुन्छ हाम्रो सहर ? भन्ने जस्ता प्रश्न अाम मानिसमा उब्जिएकाे छन् । sadak नेपाल घुम्न आएका पर्यटकको क्यामेराको लेन्समा हाम्रो यो दृश्य कैद भएको छ । यस्ता दृश्यले नेपालको विश्व प्रचारमा नकारात्मक प्रभाव भइरहेको त छैन ? यस्ता दृश्यहरुले हाम्रो संस्कृति र नेपालीको पहिचानमा नै असर त पुर्याउदैन ? एकचोटी आफ्नो अधिकारको लागि जुलुस गर्नेले यो कुरा सोच्ने पो हो की ? 

Dr. Bhola RIjal Dr. Gobinda Kc KP Sharma Oli nepal Sagar Budhathoki

विशेष