खेल

‘मैदान बाहिर हैन मैदान भित्र के गर्छु त्यो हेर्नुस् ’ नेइमार

‘मैदान बाहिर हैन मैदान भित्र के गर्छु त्यो हेर्नुस् ’ नेइमार

neimar बार्सिलोनाका फुटबल स्ट्राइकर नेइमार हाल ओलम्पिक खेलको तयारीमा रहेका छन् । मंगलबार भएको पत्रकार सम्मेलनमा उनले भने ‘मैदान बाहिर मेरो व्यक्तिगत जीवन हो, मैदानमा के गर्छु हेर्नुस् ।’ ‘मेरो विचारमा तपाईंहरुले पहिले के कुरामा बिचार गर्नुपर्छ भने म मैदानभित्र रहँदा के गरिरहेको हुन्छु ।’

बार्सिलोनाका सुपरस्टार नेयमारलाई कोपा अमेरिकाका लागि क्लबले छोडेको थिएन । तर, उनी अमेरिका पुगेर आफ्ना टिममेटलाई हौसला मात्र दिएनन् । हलिउड सेलिब्रेटी एवं स्टार गायक जस्टिन बिबरसँगको तस्वीर पनि सार्वजनिक गर्न भ्याए ।

उनी ओलम्पिकको प्रतिस्पर्धामा आगामी अगष्ट ४ देखि दक्षिण अफ्रिकाबिरुद्धको खेलसँगै मैदानमा फर्कनेछन् । समूह चरणमा ब्राजिलले इराक र डेनमार्कसँग खेल्नेछ । ओलम्पिक खेल भन्दा अघि रमझममा लागेको धेरैले प्रश्न गरेपछि ब्राजिलका उत्कृष्ट स्ट्राइकर नेयमारले ओलम्पिक सम्ममा आफ्नो असली रुप देखाउने बताएका छन् ।

‘मलाई साथीहरुसँग बाहिर गएर रमाइलो गर्न मन पर्छ । मेरापनि परिवार छन्, उनीहरुसँग बाहिर गएर रमाइलो गर्न मैले किन नपाउने ? मैले रमाइलो गर्न पाउँछु र गर्छु पनि’ नेइमारले भने ‘मलाई राम्रोसँग थाहा छ कि भोलि बिहान मेरो जिम्मेवारी के हुन्छ । म जान्छु र गइरहनेछु, त्यसमा मैले मेरो कुनै गल्ती महशुस गरिरहेको छैन ।’

नेइमारले भने ‘सोेच्नुस् त तपाईं २४ बर्षको जवान हुनुहुन्छ, मेरोजस्तै कमाइ छ र मसँग भएका कुराहरु तपाईंसँग पनि छ’ ब्राजिलको प्रशिक्षण क्याम्पबाट उनले भने, ‘त्यसो भए तपाईं मजस्तै हुनुहुन्न त ?’

brasil neimar sports

विशेष