खेल

क्रिस गेलको दैनिकी

क्रिस गेलको दैनिकी
chris Gayleसाउन – १२ । क्रिस गेल (क्रिस्तोफर हेनरी) वेस्टइन्डिजका ब्याट्स्म्यान हुन् । पछिल्लो समय भने उनको खेल फर्ममा आइरहेको छैन । तर, ब्याट चलेपछि विपक्षीको बलर निराश बन्ने गरेका छन् । उनी आफ्नो फर्ममा आएपछि कम्तीमा शतक पूरा गर्ने गरेका छन् । यही विशेषतामा गेलले कैयौँ रेकर्ड बनाइसकेका छन् । क्रिस गेलले टेस्ट वा २०–२० हरेकमा दर्शकलाई उत्साहित बनाइदिने गरेका छन् । ब्याटिङ नचले पनि गेल केही समय यता ट्वीटरमा भने जमेका छन् । आफ्नो खानाबारे पोष्ट गर्ने गरेका कारण उनी अरु सेलिबे्रटिभन्दा फरक हुने गरेका छन् । ज्यान, जोस र जागर भएका गेल उठेपछि जुस मात्र पिउने गर्छन् । गेलको डाइट पनि सामान्य नै रहेको छ । तर, उनको दैनिकी डाइट अरुभन्दा भिन्न छ । गेलले दिनमा दुईपटक चीज र पास्ता खाने गर्छन् । यति मात्र नभई उनले फोटो राख्दै, ‘अरु सबथोक छोड्न सक्छु, पास्ता जीवनमा छोड्न सक्दिन ।’ समेत भनेका छन् ।

Chris Gayle

विशेष