देश

नेपाल र अष्ट्रेलियाबीच दुई महत्वपूर्ण प्रस्ताव

नेपाल र अष्ट्रेलियाबीच दुई महत्वपूर्ण प्रस्ताव
Nepal-Australiaसाउन – १२ । आपसी सम्बन्ध कायम भएको छ दशकपछि पहिलोपटक नेपालले अष्ट्रेलिया समक्ष अत्यन्त महत्वपूर्ण दुई सम्झौताको औपचारिक रुपमा प्रस्ताव गरेको छ । अहिलेसम्म नेपाल र अष्ट्रेलियाबीचमा द्वैत्य सम्बन्ध स्थापना गर्ने र दूतावास खोल्ने बाहेक कुनै पनि सन्धि तथा सम्झौता हुन सकेको छैन् । सरकारले दुतावासमार्फत यी दुई प्रस्तावलाई औपचारिक रुपमा पेश गरेको हो । नेपालले पेश गरेको दोहोरो कर उन्मुक्ति प्रस्तावमा अष्ट्रेलियाली लगानी नेपाल भित्र्याउने अभिप्रायका साथ पेश गरिएको हो । यो सम्झौता हुनसके व्यावसायिहरुले एक स्थानमा मात्र कर तिरेर लगानी गर्न सक्नेछन् । अर्कातिर विदेश सचिवहरुको परामर्श कार्यदल समिति निर्माण हुन सक्यो भने कुटनीतिक तहका प्रायः सबै समस्याहरु समाधान हुने दाबी दुतावासका अधिकारीहरुले गरेका छन् । अहिले यहाँका नेपालीहरुले उठाइरहेको भिषा प्रक्रिया नेपालबाटै हुनुपर्ने लगायतका मागहरु सम्बोधन गर्न यसले महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ । दूतावासकाअनुसार अष्ट्रेलियाको विदेश विभागले औपचारिक जवाफ दिइसकेपछि दुबै देशले प्रारम्भिक सम्झौता पत्र (एमओयु) को ड्राफ्ट मागेर त्यसलाई दुबै देशका बीचमा स्वीकार्य भएपछि यसले औपचारिकता पाउनेछ । अष्ट्रेलियामा भर्खर निर्वाचन सकिएको र नेपालमा पनि स्थिर सरकार नभएकाले यसले पूर्णता पाउन भने केही समय लाग्ने दूतावासले जनाएको छ ।

Australia nepal

विशेष