Technology समाज

ट्राफिकसम्बन्धी एसएमएस (SMS) सुविधा कस्ताे अवस्थामा प्रयाेग गर्ने ?

ट्राफिकसम्बन्धी एसएमएस (SMS) सुविधा कस्ताे अवस्थामा प्रयाेग गर्ने ?
police साउन - १२ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अव सर्वसाधारणहरुलार्इ एसएमएस (SMS) मार्फत ट्राफिक सम्बन्धी आफ्ना गुनासा तथा उजुरीहरु पठाउने व्यवस्था गरेकाे छ । यदि भाडाका ट्याक्सीमा कतै जाँदा ट्याक्सीले मिटरमा जान मान्दैन भने, तुरुन्तै ट्याक्सीको नम्बर र ट्याक्सी रहेको वा जाँदै गरेको स्थान बारे SMS गरी सूचना दिन सकिने छ । सार्वजानिक यातायात सेवामा यात्रा गर्दा बढि भाडा मागेमा वा लिएमा उक्त बसको रुट र बस नम्बर सहित हामीलाई SMS मार्फत उजुरी पठाउन सकिने व्यवस्था रहेकाे छ । विद्यार्थी परिचय पत्र देखाउँदा पनि विद्यार्थीले पाउने छुट सुविधा नदिएमा उक्त बसको रुट र बस नम्बर सहित SMS गरी उजुरी दिन सकिन्छ । सार्वजनिक यातायात सेवामा यात्रा गर्दा हैरानी भोग्नु परेमा बसको विवरणसहित कसबाट के हैरानी भएको हो सो खुलाई SMS गरी उजुरी दिन सकिन्छ। सार्वजनिक सवारी साधनहरुमा आरक्षण सिटहरुको दुरुपयोग भएमा सवारी साधनको विवरण तथा दुरुपयोग भएको अवस्था (आरक्षण गरिएको सिटमा सम्बन्धित वर्गलाई नराखी अन्यलाई राखेको) खुलाई SMS मार्फत उजुरी पठाउन सकिन्छ । यस्तै प्रकारका अन्य ट्राफिकसँग सम्बन्धित कुनै गुनासा तथा उजुरीहरु भएमा तत्कालै SMS मार्फत जानकारी गराउन सकिन्छ । (महानगरीय ट्राफिक प्रहरी महाशाखाकाे फेसबुकबाट)

Traffic Police

विशेष