खेल

पोचेटिनो टोटनहममै खुशी

पोचेटिनो टोटनहममै खुशी
mauricio-pochettinoसाउन - १२ । माउरिसो पोचेटिनोले इंग्लिस प्रिमियर लिग क्लब टोटनहममा खुसी रहेको तथा लन्डन क्लब नछाड्ने र खाली रहेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा कुनै रुचि नरहेको बताएका छन् । टोटनहमले गत सिजन ४४ वर्षीय प्रशिक्षकको नेतृत्वमा लिग उपाधिमा बलियो चुनौती पेस गरेको थियो । तर, लिगको अन्तिम साता क्लबको चुनौती कमजोर बनेको थियो र तेस्रो स्थानमा चित्त बुझाउन बाध्य रहेको थियो । पोचेटिनोले टोटनहम जस्तो ठूलो क्लब सम्हालेको स्थितिमा आफूलाई अर्जेन्टिनी राष्ट्रिय टिमको प्रशिक्षक पदको प्रत्यासी मान्नु स्वाभाविक रहेको बताए । तर, आफू भने टोटनहममा खुसी रहेको पोचेटिनोले भनेका छन् ।

mauricio-pochettino

विशेष