सामाजिक सञ्जाल स्वास्थ्य

डाक्टरका लागि गुगल एप

डाक्टरका लागि गुगल एप

Doc Apps सर्च इन्जिनका लागि गुगल एकदमै प्रख्यात छ । यसका साथै एन्ड्रोइड पनि गुगलकै प्रोडक्ट हो । गुगलले एन्ड्रोइड प्लेटफर्ममा विभिन्न किसिमका एप बनाउन प्रोत्साहन पनि दिँदै आएको छ । पछिल्लो समय गुगल मानिसको स्वास्थ्यसम्बन्धी एप बनाउन लागिपरेको छ । यस्ता एपबाट डाक्टरलाई रोग पत्ता लगाउन र बिरामीको निगरानी गर्न सघाउनेछ ।

डिपमाइन्ड गुगल अन्तर्गतकै आर्टफिसियल इन्टेलिजेन्स कम्पनी हो । स्वास्थ्यसम्बन्धी एप बनाउने गुगलको प्रोजेक्ट डिपमान्डले नै हेरिरहेको छ । यसका लागि गुगलले लन्डनको प्रख्यात मुरफिल्ड्स आँखा अस्पतालसँग सम्झैता पनि गरेको छ । पहिलो चरणमा यसले आँखा र मिर्गौलासम्बन्धी रोग पत्ता लगाउने एप बनाउँदैछ ।

सुन्दा गतिलै कामजस्तो लागे पनि यसको विरोध उत्तिकै चर्को रूपमा भइरहेको छ । जसबाट गुगल आफैँ पनि अचम्मित भएको छ । तर, विरोध गर्नेहरूको भनाइमा पनि उत्तिकै दम छ । यस पोजेक्टका लागि बिरामीका स्वास्थ्यसम्बन्धी करोडौँ डाटा सेयर हुनेछन् । जबकि, यसबाट लाभ लिने बिरामीको संख्या त्यसको तुलनामा निकै न्यून हुनेछ ।

Docor Apps

विशेष