मनोरञ्जन

भारतीय सुरस्टार अमिताभ बच्चनले सपिङ फर्ममा ५०० मा जागिर पाए

भारतीय सुरस्टार अमिताभ बच्चनले सपिङ फर्ममा ५०० मा जागिर पाए

भारतीय ‘सुपरस्टार’ अमिताभ बच्चनबारे धेरै जानकारी बाहिर आइसकेका छन् । इलाहाबादमा जन्मेर नैनीताल र दिल्लीमा पढेका अमिताभले सुरुवाती दिनमा धेरै ‘रिजेक्सन’ झेल्नुपर्यो । पहिले उनी इन्जिनियर अथवा भारतीय सैनिकमा सामेल हुन चाहन्थेँ, तर समयसँगै उनी अभिनयमा लागे, स्थापित भए ।

दिल्लीमा पढाइ पूरा गरेपछि अमिताभले पहिलो जागिर कलकत्ताको ‘सपिङ फर्म’मा गरे । त्यहाँ उनको सुरुवाती तलब पाँच सय रुपैयाँ थियो । धेरै तलब पाउने भएपछि उनले छोटो समयमै आफ्नो काम बदले । ‘ब्रोकर’ भएर जागिर खाएपछि उनको अन्तिम तलब १६८० भारतीय रुपैयाँ थियो । त्यही जागिर खाँदा अमिताभले कलकत्तामै फिएटको ‘सेकेन्ड ह्यान्ड’ गाडी किने ।

तर, त्यो जागिरले पनि उनलाई सन्तुष्टि दिएन । भारतको रेडियो ‘अल इन्डिया रेडियो’मा समाचारवाचकका रूपमा काम गर्न अमिताभले आवेदन दिए । प्रारम्भिक परीक्षामा पास भएका अमिताभ ‘भ्वाइस टेस्ट’पछि फालिए । सन् १९६९ मा फिल्म ‘सात हिन्दुस्तानी’मा अभिनय गरेपछि अमिताभको चर्चा हुन थाल्यो । त्यो फिल्मका लागि अमिताभले एक हजार भारतीय रुपैयाँ पारिश्रमिकस्वरूप पाएका थिए ।

Amitav Bacchan Bharat

विशेष