मनोरञ्जन

वीर विक्रम हेर्न दर्शकलाई राजेश हमालको अपिल

वीर विक्रम हेर्न दर्शकलाई राजेश हमालको अपिल

Bir bikram नेपाली सिनेमा जगतका महानायक राजेश हमालले यहि भाद्र ३ गते प्रदर्शन हुन लागेको चलचित्र वीर विक्रम हेर्न दर्शकलाई अपिल गरेका छन् । आफ्नै फिल्मको प्रदर्शनमा समेत नहिड्ने हमाल वीर विक्रमको प्रदर्शनमा हिड्नुले सबैको ध्यान केन्द्रित भएको हो । नेपाली सिनेमा जगतमा यस्तो पनि समय आयो जतिवेला धेरै निर्माता निर्देशकले फिल्मलाई बिक्रि गर्न पोस्टरमा राजेश हमालको चित्र राखे ।

समय बद्लिदैँ गयो । हमालको पोस्टरले फिल्मको ब्यापारलाई ठप्प पार्नु सगैँ पछिल्लो समयमा उनले अभिनय गरेका फिल्मले समेत राम्रो व्यापार गर्न पाएनन् । फिल्म चले या नचले पनि उनले आफूले अभिनय गरेका फिल्ममा निर्माता निर्देशकलाई खासै साथ दिएनन् । निर्माता निर्देशकको जति नै आलोचना खप्नुपरे पनि हमाल सितिमीति कुनै फिल्मको प्रचारमा मन लागेर हिडेको भेटिदैनन् । अचम्मको कुरा यो भयो की हमाल आफू कुनै तरहबाट नजोडिएको फिलम वीर विक्रमलाई शुभकामना दिदैँ छन् ।

चलचित्र वीर विक्रम हेर्न महानायक हमालले आग्रह गरेका छन् । यहि भदौ ३ मा रिलिज हुन लागेको फिल्म दयाह्याङ राई, अर्पन थापा, अनुप विक्रम शाही र दिया पुन लिड रोलमा देखिदैँ छन् । फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

Bir Bikram

विशेष