स्वास्थ्य

मन स्थिर छैन ? होसियार ! हाइपोमेनिया लागेको हुनसक्छ

मन स्थिर छैन ? होसियार ! हाइपोमेनिया लागेको हुनसक्छ

hy

हाइपोमेनिया यस्तो रोग हो, जसले मानिसको मन अस्थिर बनाउँछ । यो रोगले ग्रस्त मानिस बढी बोलिरहनु पर्ने खालका हुन्छन् । आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने अपशब्द बोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधैं चन्चल रहने हुन्छ । यो रोग लागेको मानिस एउटा कुरामा स्थिर रहँदैन । एउटा काम सकिने वित्तिकै अर्को काम थाल्छ । यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो नै हुन्छ ।

हाइपोमेनिया रोगका लक्षणहरु

घमण्डी बन्ने, बढी फूर्ती लगाई कुरा गर्ने । धेरै खुशी हुने तर भनेको नमाने झनक्क रिसाउने । वढी आशावादी हुने सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने । मीठो खानेकुरा माग गर्ने, राम्रो राम्रो रंगिन लुगा लगाउने । वढी पैसा माग्ने वा खर्च गर्ने । पटक–पटक ऐना हेरिरहने । २्३ घण्टा सुते पनि निन्द्रा नपुग्ने । एउटा काम सुुरु गर्न नपाउँदै अर्को थाल्ने वा छटपट हुने ।

उपचार

रोगको शंका लागे पछि बिरामीलाई रिस उठ्ने किसिमको व्यवहार नगर्ने अस्पताल लागि सम्बन्धित विषेशज्ञको सरसल्लाह लिई उपचार गर्ने । यो रोग एकपटक सुरु भए पछि अर्को पटक दोहोरिने समस्या ७०-८० प्रतिशत रहन्छ । त्यसैले यसलाई जटिल मानसिक रोग मानिन्छ । अर्को पटक दोहरिँदा कहिले पहिलेकै लक्षणहरु दोहोरिन्छन् त कहिले उल्टो खालको वा डिप्रेसन हुने जस्तै दिक्क हुने, रुने, मर्छु भन्ने, राती निदाउन गाह्रो हुने देखिन्छ । यो रोग पटक–पटक दोहोरिने भएकोले यो रोग बारे राम्रो जानकारी हुनु अति आवश्यक छ ।

Hypo Hypomeniya

विशेष