मानव शरीरमै एन्टिबायोटिक्स
साउन – १३ । कयौं रोग निम्त्याउने ब्याक्टेरिया, भाइरस वा अन्य जीवाणुहरुलाई मार्न सक्ने क्षमता नाकमा रहेका जीवाणुहरुले उत्पादन गर्ने यौगीकमा रहेको बताइएको छ ।
कतिपय औषधिले नछुने मेथिसिलिन रेसिस्टेन्ट स्टाफाइलोकोकस अरियस(एमआरएसए) भनिने ब्याक्टेरियालाई पनि यस्तो यौगिकले खतम पार्न सक्ने बताइएको छ ।
जर्मनीको टुबगेन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले मानव शरीर नयां औषधिहरुका लागि अहिलेसम्म उपयोग नगरिएको स्रोत भएको बताए ।
उक्त विश्वविद्यालयको अनुसन्धान टोलीले मानव शरीरमा एन्टिबायोटिक्सको खोजी गरेको हो ।
मानव शरीर मसिनो रुपमा केलाउंदा प्रतिस्पर्धी ब्याक्टेरियाबीच ठाउँ र खानाका लागि संघर्ष देखिन्छ ।
त्यो संघर्षमा ती ब्याक्टेरियाले एन्टिबायोटिक्सलाई अस्त्रको रुपमा प्रयोग गरिरहेको लामो समयदेखि नै अनुमान गरिदैं आएको छ ।
नाकमा आक्रमण गर्न रुचाउने ब्याक्टेरियामध्ये स्टाफाइलोकोकस अरियस हो जसमा एमआरएसए पनि पर्दछ । यो ३० प्रतिशत मानिसहरुको नाकमा मात्र पाइन्छ ।
वैज्ञानिकहरुले नाकमा प्रतिद्वन्द्वी ब्याक्टेरिया स्टाफाइलोकोकस लुग्डुनेन्सिस भएका मानिसहरुमा स्टाफाइलोकोकस अरियसले आक्रमण गर्ने सम्भावना न्यून रहेको अनुसन्धानमा पाएका छन् ।
मुसाहरुमा गरिएको अनुसन्धानले छालामा देखिएको संक्रमण पनि त्यसले निको पार्न सक्ने देखाएको छ ।
bacteria
human body