एक घण्टाको तीव्र व्यायामले मृत्युको जोखिम घटाउने
कुर्सीमा बसेर काम गर्ने जीवनशैलीका कारण कम उमेरमै हुने मृत्युको जोखिम दैनिक एक घण्टाको तीव्र व्यायामले घटाउने वैज्ञानिकहरुले बताएका छन् ।
केही दिनपछि सुरु हुने रियो ओलिम्पिक्सको मौका पारेर यससम्बन्धी अध्ययनको निष्कर्ष सार्वजनिक गरिएको हो । कुर्सीमा बसिरहनेभन्दा टिभी हेरेर बस्नु बढी खराब पाइएको छ । धूमपानका कारण भने प्रति वर्ष ५१ लाख मानिसको मृत्यु हुने गरेको बताइन्छ ।
हाल ब्रिटेनको स्वास्थ्य मापदण्डले हप्तामा १ सय ५० मिनेटको मध्यम खालको व्यायाम गर्न सुझाव दिएको छ । शारीरिक निस्क्रिय हुंदा मुटुको रोग, चिनी रोग र केही क्यान्सरको जोखिम बढ्ने ठानिन्छ । निस्क्रियतालाई विश्वभर प्रति वर्ष ५३ लाख जनाको मृत्युको कारणको रुपमा हेरिन्छ । ‘द ल्यान्सेट’ को खोजले दैनिक व्यायाम नगर्ने मानिसहरुले विश्व अर्थतन्त्रमा प्रत्येक वर्ष ६७ अर्ब डलरभन्दा बढीको भार थपिरहेको निष्कर्ष निकालेको छ ।
Daily Excise Excise