देश

'बाढी-पहिरो पीडितका लागि उद्धार तथा राहत कार्य तत्काल अघि बढाउ'– उपराष्ट्रपति पुन

'बाढी-पहिरो पीडितका लागि उद्धार तथा राहत कार्य तत्काल अघि बढाउ'– उपराष्ट्रपति पुन
Nandaसाउन –१३ । उपराष्ट्रपति नन्दबहादुर पुनले अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले बिहिबार एक विज्ञप्ति जारी गरी प्यूठान, बाग्लुङ, रोल्पा, दाङ, पाल्पा, कपिलवस्तु, मकवानपुर, झापा, उदयपुर, रुपन्देही, अर्घाखाँची, पर्वत, सर्लाही, दोलखा, बारा, बाँके लगायतका जिल्लामा बाढीपहिरोबाट दर्जनौँ मानिसको मृत्यु भएको, बेपत्ता र घाइते भएको, तराई मधेसमा डुबानका कारण हजारौँ नागरिक विस्थापित भएको र पहिरोले सयौँ परिवार घरबारविहिन भएकोले घटनाप्रति उनले दुःख व्यक्त गरेका हुन् । उनले बाढी पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । तराई मधेसको बाढी र डुबान, पहाडको बाढी पहिरोमा बेपत्ता भएकाहरुको छिटो खोजी गर्न, बाढी पहिरोमा परेका पीडितहरुको यथाशीघ्र उद्धार गर्न र पीडितलाई राहत दिलाउन उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन् । यस्तै, उनले आज अपराह्न धनकुटामा बस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको घटनाप्रति पनि दुःख व्यक्त गरेका छन् । रासस

Nanda Bahadur Pun

विशेष