
साउन – १३ । भारतले नेपालमा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । उसले नेपाल सरकारले आग्रह गरेमा जुनसकै प्रकारको सहयोग गर्न तयार रहेको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सो प्रतिबद्धता जनाएको हो ।
पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले भने, ‘नेपालमा बाढी र पहिरोबाट भएको क्षतिबाट हामी दुःखी छौं । यदी नेपाल सरकारले आग्रह गरेमा जस्तोसुकै सहयोग गर्न भारत तयार छ ।’
Nepal-India