निष्क्रियताले वर्षमा ५० लाख बढी मृत्यु
साउन १४ । सामान्य शारीरिक व्यायामको अभावमा वर्षेनी ५० लाखको मृत्यु हुने गरेको एक बृहत अध्ययनले देखाएको छ । शाररिक रुपमा निष्क्रिय हुने मान्छेको संख्या बढ्दै जाँदा विश्व अर्थतन्त्रले वर्षेनी स्वास्थ्य उपचार र उत्पादनमा ६७ दशमबल ५ अरब डलर मूल्य चुकाउनु परेको उक्त बृहत अध्ययनले देखाएको छ । १० लाख मानिसमा गरिएको सो अध्ययनअनुसार दिनमा एक घण्टा व्यायाम गर्दा सो खर्चमा उल्लेखनीय कटौती गर्न सकिने उल्लेख छ ।
निष्क्रिय जीवनशैलीका कारण मुटु रोग, डायबिटिज र क्यान्सरसँग सम्बन्धित समस्या बढ्दै गएको अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । तर, सामान्य गतिविधि जस्तै फटाफट हिँडाइले दैनिक आठ घन्टा वा सो भन्दा बढी बस्दा हुने असामयिक मृत्युको सम्भवानाविरुद्ध जुध्न सक्ने पनि उनीहरुले बताएका छन् ।
यस्तो निष्क्रियताले वर्षमा ५० लाख बढी मानिसको मृत्यु हुने अनुमान गरिएको छ । यो मृत्युदर धुमपानका कारण हुने मृत्युको संख्या जत्तिकै हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार धुमपानबाट बर्सेनी ६० लाख मानिसको मृत्यु हुने गरेको छ ।
आफ्नो बृहत अध्ययनलाई अनुसन्धानहरुको अन्तर्राष्ट्रिय समूहले लन्डनमा समिक्षा गरेका थिए । उनीहरुका अनुसार शारीरिक व्यायाममा नगन्य प्रगति भएको बताए । डब्लुएचओले सातामा कम्तिमा १५० मिनेट फटाफट हिड्न दिएको सुझाब आफैंमा अपर्याशयन स्कुल अफ स्पोर्टस साइन्स एन्ड क्याम्ब्रिज युनिर्भसिटीका प्राध्यापक युफ इकलुन्डले भने । एक चौथाई वयस्यकले त डब्लुएचओको सो सुझाबलाई वास्तै गरेका छैनन् ।
‘तपाईं खेल्न जान वा जिम हलमा पुग्नु पर्दैन तर दैनिक एक घन्टा सामान्य व्यायायम गर्नैपर्छ,’ उनले भने । दैनिक दिनमा साढे पाँच किलोमिटर प्रति घन्टा वा १६ किलोमिटर प्रति घन्टा साईकलिङ अनिवार्य भएको उनले बताए ।
वैज्ञानिकहरुका अनुसार दिनमा ८ घन्टासम्म बस्ने तर अन्य कार्यमा सक्रीय हुने मानिसलाई थोरै समय बस्ने तर अन्य कार्यमा पनि निष्क्रिय हुने मानिसलाई भन्दा असामयिक मृत्यु हुने सम्भवाना न्यून हुन्छ । उनीहरुका अनुसार दिनमा जतिसुकै निष्क्रिय भए पनि व्यायाम सबैभन्दा महत्वपूर्ण भएको वैज्ञानिकहरुले सुझाब दिएका छन् ।
बिहीबार ल्यान्सेटमा प्रकाशित सो अध्ययनअनुसार लामो समय बस्ने तर केही पनि काम नगर्ने मानिसलाई असामयिक मृत्युको सबैभन्दा बढी खतरा हुन्छ ।
व्यायामको अभावमा पाँच प्रमुख रोग– मुटु, स्ट्रोक, डायबिटिज, स्तन क्यान्सर र कोलोन क्यान्सरको उपचार खर्चमा मात्र सन् २०१३ मा संसारभर ६७ दशमल ५ अरब डलर मुल्य चुकाउनु परेको वैज्ञानिकहरुले बताए । एजेन्सी
Active
Health
Health & Sefety