Technology

पोकेमन गोले फेसबुकलाई उछिन्यो

पोकेमन गोले फेसबुकलाई उछिन्यो
Pokemanसाउन १४ । हालै मात्र बजारमा भाइरल भैरहेको मोवाइल खेल पोकेमन गोले विश्वकै चर्चित सामाजिक संजाल फेसबुकलाई पछि पारेको छ । हालै सार्वजनिक गरिएको एक अध्ययनले विश्वमा दैनिक फेसबुक चलाउने प्रयोगकर्ताको संख्याभन्दा पोकेमन गोको प्रयोगकर्ताको संख्या दोब्बर भएको देखाएको छ । फेसबुकको दैनिक प्रयोगकर्ता बढे पनि पोकेमन गोले फेसबुकले कायम गरेका धेरै रेकर्ड तोडेको छ । दैनिक रुपमा हेर्दा फेुसबुकका प्रयोगकर्ताभन्दा पोकेमन गोका प्रयोगकर्ता झन्डै दोब्बर रहेका छन् । सार्वजनिक भएको एक हप्तामा नै प्रयोगकर्ताले दैनिक ७५ मिनेट पोकेमन गोमा खर्च गर्छन् भने फेसबुकमा प्रयोगकर्ताले मात्र ३५ मिनेट समय बिताउने गरेको पाइएको छ । पोकेमन अहिलेसम्म धेरै डाउनलोड हुने एपसमेत बनेको छ ।

Facebook pokeman

विशेष