Technology

हेडफोनमा आर(R) र एल(L) लेख्नुको कारण के हो ?

हेडफोनमा आर(R) र एल(L) लेख्नुको कारण के हो ?
air phoneहेडफोन लगाएर गीत सुन्न रमाइलो हुन्छ साथै अरुलाई अवरोध हुन्छ भन्ने चिन्ता पनि लिनु पर्दैन । बाटोमा हिन्दा पनि मोबाइल झिकिरहनु पर्दैन । आजभोली सबैको कानमा हेडफोन देखिन्छ । तर तपाइँले ख्याल गर्नु भएको छ ? हेडफोनमा अार र एल लेखेको हुन्छ । तपाइँलाई लागेको होला अार भनेकाे राइट अर्थात दायाँ र एलभनेको लेफ्ट, बायाँ हो । तर कुरा त्यत्तिमा सिमित छैन । हामीले म्युजिक सुनेको बेला फरक कानमा फरक फरक म्युजिक आउने गर्छ । तपाइँ भिडियो हेरिरहनु भएको छ र भिडियोमा कारको बायाँपट्टी कोइ आउँदै छ भने त्यो म्युजिक तपाइँको बायाँ कानमा पहिले आउँछ । दायाँ पट्टी भएका गतिविधीको साउण्ड दायाँ पट्टी आउँछ । त्यति मात्र होइन साउण्ड सिष्टममा बायाँ पट्टी हुने सेन्सर बायाँ र दायाँपट्टिीको दायाँमा हुने कोशिका सँग म्याचिङ गरेर मिलाइएको हुन्छ । राइट र लेफ्ट गलत कानमा परेमा साउण्ड मिक्स हुने हुन्छ । यसले गर्दा तपाइँले साउण्ड स्पष्ट सुन्न सक्नु हुन्न ।

Air phone Head Phone

विशेष