Technology

५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए आयोजनाको परीक्षण

५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए आयोजनाको परीक्षण
hidropower साउन – १४ लमजुङको भुलभुलेमा निर्माण हुँदै गरेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए आयोजना निर्माणक कार्य लगभग सम्पन्न भएको छ । ङादी दोभानमा निर्माण गरिएको बाँधमा मस्र्याङ्दी नदीलाई थुनेर पानीलाई सिधै बाँध क्षेत्रमा पठाइएको छ । माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाले बाँध क्षेत्रको परीक्षण थालेको छ । आयोजनाको बाँध क्षेत्र ङादीमा एक कार्यक्रमको आयोजना गरी सिनोले मस्र्याङ्दी नदीलाई थुनेर पानीलाई बाँध तर्फ पठाएर परीक्षण गरेको हो । ४३ महिनादेखि निरन्तर आयोजना निर्माणमा जुटेको प्रवद्र्धक कम्पनी सिनोले चिनियाँ उच्च अधिकारी, पावर चाइनका उच्च अधिकारी, स्थानीय प्रशासन, सभासद तथा स्थानीय राजनीतिक दलहरुमाझ आयोजनाको बाँध क्षेत्रमा पानी पठाएर परीक्षण थालेको हो । सिनो सगरमाथाका सहायक निर्देशक चाङ फा पिनका अनुसार केही दिनसम्म आयोजनाको बाँध क्षेत्रमा बृहत परीक्षण जारी रहनेछ । आगामी अगष्ट ३० मा विद्युत उत्पादन थाल्ने लक्ष्यका साथ आयोजनाले कामलाई तीब्रता दिएको छ । मुलुकमा अहिलेसम्म निर्माण गरिएका अन्य जलविद्युत आयोजनाहरु भन्दा निकै रफ्तारमा निर्माण भएको यो आयोजनालाई बैशाख १२ को भूकम्प र भारतीय नाकाबन्दीले आयोजनालाई ६ महिना पछि धकेलिदिएको थियो । चीनको बहुराष्ट्रिय कम्पनी सिनोले आगामी अगष्ट महिनाको ३० तारिखमा आयोजनाबाट विद्युत उत्पादन थाल्ने लक्ष्यका साथ सुरुङ, विद्युतगृह, बाँध क्षेत्र र प्रसारण लाइनको कामलाई तीब्र रुपमा अघि बढाएको छ । प्रवद्र्धक कम्पनी सिनोले अहिलेसम्म बाँधको सिभिलतर्फको काम सम्पन्न गरिसकेको छ । यस्तै सुरुङ, लगायत विद्युत गृहको निर्माण कार्य पनि सम्पन्न गरिसकेको छ ।

Hydro Power Marsyandi Marsyandi A

विशेष