देश

दशगजामा तटबन्द नबनाउने सहमति, कुनौली नाका ठप्प

दशगजामा तटबन्द नबनाउने सहमति, कुनौली नाका ठप्प
dash gajaसाउन – १५ । सर्वसाधारण प्रतिकारमा उत्रिएपछि भारतीय पक्षले तिलाठीनजिक तत्काल कुनै पनि किसिमको तटबन्द नबनाउने भएको छ । शुक्रबार दिउँसो सीमावर्ती कुनौली बजारस्थित कोसी योजनाको भवनमा भएको दुई देशीय सुरक्षा अधिकारी सम्मिलित बैठकमा यस्तो सहमति भएको हो । भारतीय पक्षले बिहीबार एकतर्फि रुपमा दशगजा मिचेर तटबन्द निर्माण गर्न थालेपछि रोक्न गएका नेपालीमाथि आत्रमण गरिएको थियो । आत्रोशित नेपालीले भारतीयले बनाएको तटबन्द बत्काइदिएका थिए । त्यसपछि भएको झडपमा १२ जना घाइते भएका छन् । ती मध्ये ६ जनाको टाउको फेटेको छ । बिहीबार अबेर राति त्यहाँबाट भारतीय र नेपालीपक्ष दुबै गएपछि स्थिति सामान्य भएपनि शुक्रबार भारतीय पक्षले पुनः तटबन्ध बनाउन थाले । नेपालीहरु फेरि प्रतिकारमा उत्रिएका थिए । विवादका कारण शुक्रबारसम्म कुनौली नाका ठप्प छ ।

Kunaoli Naka Saptari

विशेष