देश

काभ्रेपलाञ्चोकमा ५१३ उजुरी

काभ्रेपलाञ्चोकमा ५१३ उजुरी
Saty nirupan साउन - १५ । काभ्रेपलाञ्चोकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगमा अहिलेसम्म ५१३ जनाको उजुरी परेका छन् । स्थानीय शान्ति समिति, धुलिखेलका संयोजक टुल्कु लामाले बेपत्ता आयोगमा ४४ र सत्य निरुपण तथा मेलमिलाप आयोगमा ४६९ जानको उजुरी परेको जानकारी दिए । उनले भने – “हामीले म्याद थप गरेका छौँ, त्यसैले यो उजुरी जिल्लामा अझै बढ्न सक्छ । सत्य निरुपण तथा मेलमिलापको आयोगको म्याद भदौ २ गतेसम्म र बेपत्ता आयोगको म्याद साउन २६ गतेसम्म थप गरिएको छ ।” परेका उजुरीमध्ये ३२ वटा उजुरी अज्ञात व्यक्तिद्वारा बेपत्ता बनाइएको र सात वटा उजुरी राज्य पक्षबाट बेपत्ता बनाइएको परेको संयोजक लामाले बताए । दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा जिल्लामा झन्डै ३०० जनाले राहत तथा क्षतिपूर्ति लिएका छन् । गत वैशाख २ गतेदेखि उजुरी लिन थालिएको थियो । रासस

kabhrepalanchok Satya Nirupan aayog

विशेष