
साउन - १५ । चितवनको भरतपुरस्थित रामनगरको जङ्गलमा शनिबार बिहान यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा आठ यात्रु घाइते भएका छन् ।
सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ८९५५ नम्बरको रामनगरको जङ्गलमा अनियन्त्रित भई पल्टिएर दुर्घटनाभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बिहान करिब २ः१४ बजेको समयमा उक्त दुर्घटना भएको हो । घाइतेको अहिले चितवन मेडिकल कलेजमा उपचारभइरहेको छ ।
सडकमा बनेको खाल्डो छल्न खोज्दा बस पल्टिएको थियो । नारायणगढ मुग्लिन सडकमा विभिन्न क्षेत्रमा सडकविस्तारका क्रममा रहेकाले यहाँ धेरै खाल्डाखुल्डी छन् । रासस
Accident
Chitawan