समाज

लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने तयारीमा सांसद

लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने तयारीमा सांसद
Lokmanसाउन - १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिहं कार्की र अन्य पदाधिकारीहरुले गरेको अख्तियार दुरुपयोगविरुद्ध आवाज उठाउने सांसदको संख्या बढ्दैछ । भर्खरै संसदमा सभामुख गगन कुमार थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले सार्वजानिक महत्वको प्रस्ताव राखिसकेका छन् । उनीहरुले उक्त प्रस्ताव माथि सभामुखले छलफल अगाडि बढाउनु पर्ने माग राखेका छन । यसै सन्र्दभमा सरोकारवालाहरुले अख्तियार, संसद र सुशासनका सेरेफेरोमा रहि शुक्रवार राजधानिमा आयोजना गरेको छलफलमा सांसदको सहभागिता मात्रै बढेन। उनीहरुले निर्भिक भएर अघि बढ्ने विस्वास दिलाएका थिए । उनीहरुले लोकमान सिहं कार्की विरुद्ध दह्राे प्रमाण भएको बताएका थिए । उक्त कार्यक्रममा उपस्थित सासंदहरुले आफू डराएर केही नगरेको होईन,बरु सासंदको संख्या बढेदै गएको बताएको थिए । सासंदहरु धनराज गुरुङ,गगन थापा,श्याम श्रेष्ठ, रविन्द्र अधिकारी, अमनलाल मोदी, डिआर पौडेल, आशा कोईराला, रमहरि खतिवडा, भीमसेन दास प्रधान,लालबाबु राउत,मीना पुन, अख्बल अहमद शाह लगायतले छलफलमा भाग लिएका थिए । सासंद अख्बल अहमद साहले सुशाशन समितीले यसमा काम गर्ने बताए । पहिले पनि अख्तियारले समितीलाई निर्देशन पठाउदा दराजमा पत्र थन्काईएको जानकारी दिदै उनले मम्त्रीपरिषद्समेत ससंदप्रति जवाफदेही हुनुपर्नेमा संवैधानिक अंगले निर्देशन पठाउन नसक्ने बताए । अख्तियार प्रमुख समितीको दायरामा रहेनन् । भने समितीभित्र ठुलो आवाज उठाउने विस्वास उनले दिलाए । नागरिक दैनिकमा समाचार छ ।

Lok Man Shing Karki

विशेष