देश

‘नेताहरु मस्ति गरिरहुंन्, हामी देशका लागि मर्न तयार छौं’

‘नेताहरु मस्ति गरिरहुंन्, हामी देशका लागि मर्न तयार छौं’
dev-narayan-yadav-nepalaaja साउन - १५ । सप्तरीको तिलाठीका जनताले भारतीय पक्षको हेपाहा प्रवृत्तिका विरुद्धमा थालेको प्रतिरोध आन्दोलनले देशव्यापी तरंग पैदा गरेको छ । भारतीय पक्षले अन्तराष्ट्रिय नियमको उल्लंघन गर्दै बनाएको बाँध नेपालका जनताले भत्काइदिएका छन् । सो क्रममा घाइते भएका तिलाठीका देब नारायाण यादब अहिले चर्चामा छन् । यादवसँग सागर बुढाथोकीले कुराकानी गरेका छन् । यादब आजै काठमाडौं आउंदै छन् । हामी नेपालको कवच हौं । ढाल भन्छन् नि । हामी ढाल बनेर सीमाको सुरक्षामा छौं । तर, दुःख लाग्छ । हामीमाथि पनि राज्यले बेलाबेला गोलि चलाउने गर्दछ । आफ्नै राज्यबाट ठगिएका हामीलाई पराइले नहेप्ने कुरा भएन । उताकाले हामीलाई बर्षौंदेखि हेप्दै आए । हेप्नुको पनि हद हुन्छ नि ? हाम्रै जमिन डुबाउनलाई हाम्रै दशगजामा बाँध हाल्ने । अति भएपछि हामी जाइलाग्यौं । तर, अचम्मको बात त के छ भने नेताहरु अहिलेसम्म मौन छन् । आफुलाई राष्ट्रवादी भन्ने दलहरु पनि राष्ट्रियताको यो विषयमा मौन छन् । अघिपछि ठूल्ठूला कुरा गर्छन् । मधेशीलाई परदेशी देख्नेहरुले मधेशी राष्ट्रियताका लागि लड्दा साथ दिनु पर्दैन ? [su_pullquote align="right"]मधेशवादी हौं भन्नेहरुपनि मधेशीको लडाइमा आउनुपर्दैन । हामीलाई कुटेको छ । हाम्रो टाउको फुटेको छ । तर, काठमाडौंमा बस्ने मधेशी नेतालाई छोएको छैन । सुन्छु, अहिलेसम्म विज्ञप्तिपनि दिएको छैन ।[/su_pullquote] नेताहरु किन आएनन् सीमा स्थिति हेर्न ? हामी भारतीयको दमनविरुद्ध लडिरहेका छौं । नेताले गर्न नसकेको काम हामी आफैंले गर्यौ । तर, नेता भने बडो मौन छन् । अचम्म लागिरहेछ । तपाईले फोटो देख्नु भयो कि नाई ? उताको सशस्त्रले पूरै उनीहरुको पक्ष लिएर हामीलाई खेदिरहेको थियो । यता त कोही न कोही । हामी हाम्रै कारणले हेपिएका हौं । नेताहरु त यो बेलामा बोल्ने हिम्मतसमेत गर्दैनन् । नेताहरुले हेपेको सहलान्, हामी सहदैनौं । नेताको भाषण मात्र हामी सप्तरीबासी देशको लागि पुस्तौदेखि भारतसंग लडिरहेका छौ । हाम्रो नेताहरुले उल्टो प्रहरी लगाएर हामीलाई दमन गर्दै आएका छन् । भारतको चाकडी गरिरहेका छन् । खाली भाषण मात्र गर्छन । यत्रो घटना भयो एउटा नेताले पनि हामीलाई फोन गरको छैनन् । राष्ट्रभक्ति नेता भएको भए, ‘तिमीहरुले राम्रो काम गर्यौ स्यावास भन्ने थिए । कसैले वास्ता नै गरेनन् ।’ म पहिलादेखि नै नेपाली कांग्रेसको हुँ । मलाई नेपाली कांग्रेसका कुनै नेताले पनि सम्पर्क गरेका छैनन् । फोन गरेर तिमीले राम्रो काम गर्याै स्यावास भन्लान भन्ने सोचेको थिए । तर, सबै नेता चुप छन । उनीहरु डराउँछन् मुख खोल्न् । कोही पनि नेता भारतको विरुद्ध बोल्दैनन । किन ? देशको लागि ज्यान दिन्छौँ सरकारले गरोस नगरोस तर, तिलाठी बासी भारतीयको दवाव कुनै पनि हालतमा सहन सक्दैन् । वर्षाैंदेखि दुबै पक्षबाट हामी हेपिदै आएको छौँ । भारततर्फ गयो, तिमीहरु नेपाली भनेर हेप्छन् । नेपाल आयो तिमीहरु मधेसी भनेर हेप्छन् । तर, हामी नेपाली हौँ । हामीले हाम्रो देश नेपाल र नेपाली भुभागको माया छ । यसका लागि हामी ज्यान दिन पनि तयार छौँ । नेताहरुले हामीलाइै भारतीय भनुन् वा मधेसी भनुन्, हामीलाई मतलब छैन । गोली चलाइ नै रहुन, भारतसंग हात मिलाइरहुन । तर, हामी नेपाली हाम्रो एक ईन्च सीमाना मिच्न दिँदैनौ । ज्यान गए जाला, हाम्रो देशको लागि लडिरहन्छौँ ।

र याे पनि

भारतीयसँग भिड्न जाने बहादुर देवनारायण यादबले भने, ‘फेरि बाँध बाध्न आए भने मधेसी के हो देखाइदिन्छौं’ ►आफ्नै नागरिकताबारे प्रश्न सोधिएपछि जङ्गिएका राजेन्द्र महतोले भने, ‘तिलाठीको घटना राष्ट्रियतासँग सम्बन्धित छैन’ नक्कली नागरिकता बाँड्ने यि र भारतीयसँग लड्ने ति !  को राष्ट्रवादी ?

Dev Narayan Yadav Nepal-India Saptari

विशेष