मनोरञ्जन

महिला बनेका हमालको ’शकुन्तला’ ट्रेलर (भिडियो)

महिला बनेका हमालको ’शकुन्तला’ ट्रेलर (भिडियो)
साउन - १५ । आफ्नो चलचित्रमा भिन्न फ्लेबर दिनका लागि महिला बनेका महानायक राजेश हमाल करियरकै भिन्न गेटअपमा प्रस्तुत भएको प्रतिच्छित फिल्म ’शकुन्तला’को ट्रेलर रिलिज भएको छ । युट्युवमा सार्वजनिक ट्रेलर एक्शन प्रधान लाग्छ । ट्रेलरमा हमाल महिला अधिकारको पक्षमा आक्रामक देखिएका छन् । भदौ १० मा रिलिज हुन लागेको फिल्म हमालको करियरलाई कोषे ढुङ्गा बन्ने अनुमान लगाईएको छ । ’युगदेखी युगसम्म’ डेब्यू तथा सयौँ फिल्म खेलिसकेका हमालको पछिल्लो समयको धर्मराउँदो अभिनय यात्रालाई यो फिल्मले ईट्टा थप्ने आशा धेरैको छ । फिल्ममा हमालसँगै किशोर खतिवडा, रविन्द्र बस्नेत, अनु शाह, रवि गिरी, प्रदिप ढकाल, शिभम श्रेष्ठ लगायत अभिनयमा छन् । उक्त फिल्मलाई दनेश श्रेष्ठ निर्देशन गरेका हुन् ।

Rajesh Hamal Sakuntala

विशेष