देश

दुवै पक्ष बीच झडप, सुदूरपश्चिममा यातायात ठप्प

दुवै पक्ष बीच झडप, सुदूरपश्चिममा यातायात ठप्प
साउन -  १५ । सुदूरपश्चिम यातायात व्यवसायी समिति धनगढीले यातायात ठप्प पारेपछि शनिबार त्यहाँकाे जनजीवन प्रभावित भएको छ । यातायात ठप्प हुँदा धनगढीबाट लामो तथा छोटो दूरीका कुनै पनि बस सञ्चालन हुन सकेका छैनन् । सुदूरपश्चिम यातायात र बडिमालिका यातायात व्यवसायी समितिबीच बस सेवा सञ्चालनका विषयलाई लिएर भएको विवादले शुक्रवार उग्र रुप लिएपछि दुवै पक्ष बीच झडप भएको थियो । झडपका क्रममा बडिमालिका यातायात समितिको एउटा बसमा क्षति पुगेको थियो भने केही मजदुर घाइतेसमेत भएका थिए । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले सुदूरपश्चिम यातायातका केही पदाधिकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रशासनले ज्यादती गरेको विरोधमा आज यातायात सेवा ठप्प पारिएको सुदूरपश्चिम यातायातका पदाधिकारीले बताएका छन् । यी दुई समितिबीच विगत लामो समयदेखि बस सेवा सञ्चालनको विषयमा विवाद हुँदै आएको छ । सुदूरपश्चिम यातायातले ‘सिन्डिकेट’ गरेको आरोप लाग्दै आएको छ भने बडिमालिका यातायातले नियमानुसार व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै आएको छ । रासस

dhangadhi

विशेष