मनोरञ्जन

फेसनमा यौन केश

फेसनमा यौन केश
shara साउन -१५ । फरक शैलीमा ड्रेस डिजाइन गर्ने सारा लुइस ब्रायनले लेडी गागाले आलो मासुको जस्तो देखिने पहिरन लगाएको देखेपछि मनमनै एउटा आइडा फुराइन् । यसअघि स्किटल (रंङगी विरंङगी चकलेट )बाट डिजाइन गरी चर्चामा आएकी ब्रायनले आफ्नो डिजाइनलाई ग्लामरस लुक दिन यौन केशलाई आधार बनाइन् । उनले आफ्नो ट्विटर ह्यान्डल @Itsarahbryan बाट यौन केशको माग गरिन् । उनको यो अभियानलाई सहयोग गर्दै धरैले आफ्नो यौन केश पठाए, जसमा बेलायतीहरुको संख्या धरै थियो । यसरी प्राप्त भएको यौन केशका जीवाणुहरुलाई निष्क्रिय बनाएर ब्रायनले पहिरनको रुप दिइन् । यसअघि स्किटल पहिरन ६ लाख ९५ हजार ५ सय रुपैँयामा बेचेकी ब्राएनले आफ्नो यो नयाँ पहिरनको मूल्य १३ लाख ७० हजार रुपैँया राखेकी छिन् ।

Model

विशेष