स्वाइन्सटाइगरले गरे ट्विटर मार्फत सन्यासको घोषणा
साउन १५ । जर्मन मिडफिल्डर बास्टिन स्वाइन्सटाइगरले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
म्यान्चेस्टर युनाइटेडका ३१ वर्षीय मध्यपंक्तिका खेलाडीले जमर्नीका लागि १ सय २० खेल खेले र उनको अन्तिम खेल युरो कप २०१६ मा फ्रान्सविरुद्ध रह्यो । त्यसमा जर्मनी २–० ले पराजित भएको थियो । उनले ट्विटरबाट संन्यासको घोषणा गरेका हुन् ।
म्यानचेस्टरका जोजे माउरिन्हो प्रशिक्षकले क्लब छाड्न नौ खेलाडीलाई स्वतन्त्र रहेको बताए । त्यसमध्ये एक स्वाइन्सटाइगर भएको मानिएको छ । सन् २०१४ को विश्वकप विजयी जर्मन टिमका उनी प्रमुख सदस्य थिए ।
jarman