मनोरञ्जन

रजनिकान्तलाई नेपालीप्रति ईर्ष्या - के छ कारण जान्नुहोस्

रजनिकान्तलाई नेपालीप्रति ईर्ष्या - के छ कारण जान्नुहोस्

 अभिनेता रजनिकान्तले कु्नै पनि भारतिय फिल्मि स्टारले नपाएको वक्सअफिसको सफलता र चर्चा पाए ।

रिलिज अगावै फिल्मले विभिन्न खाले चर्चा पाएका थिए । हेर्दा रजिनको नेपालसँग कुनै साइनो छैन तर नेपालसँग रजनीको एउटा साइनो छ र त्यो साइनो हो ईर्ष्याको । रजनीकान्तलाई नेपाल र नेपालीसँग सकारात्मक ईर्ष्या छ ।

उनलाई ईर्ष्या लाग्ने कारण नेपालका सुन्दर हिमाल पहाड र यहाँ बस्न पाउने भाग्यमानी नेपालीको हो । उनि हिमाल र हिमालय क्षेत्र मनपराउँछन् । उक्त कुरा भारतको एक अखबारलाई दिएको अन्तरवार्तामा खुलासा गरेका हुन् । उनले सो अन्तरवार्तामा ‘मलाई हिमालय क्षेत्रमा बस्ने मानिसहरूको जीवनसँग लोभ लाग्छ । हिमालमा बस्ने नेपाली र नेपाल देखेर ईर्ष्या लाग्छ’, भनेका थिए । उनको यही ईर्ष्याकै कारण उनी आफ्ना हरेक फिल्मको काम सकिएपछि हिमालय क्षेत्रतीर घुम्न जाने गर्छन् ।

filmy khaber Rajani Kant

विशेष