ज्याक्लीनकाे फिल्मी क्यरियरकाे नृत्य अनुभव
साउन -१५ । मानिस जन्मदैँ कुनै पनि कुरामा पोख्त भएर जन्मदैँन । जीवनमा अघि बढ्दै जाने क्रममा उसले हरेक कुरा सिक्दै जान्छ । त्यस्तै बलिउडकी नम्बर वान् नायिका ज्याक्लीन फर्नाडेज पनि कुनै समय आफ्नो नृत्यका कारण कोरियोग्राफरका अगाडि हाँसोको पात्र बनिन् । ‘झुम्मे की रात है’ र ‘चिटिया कलैँया’ जस्ता गीतका नृत्यबाट उनले धरै दर्शकलाई फिदा बनाइन् । जन्मजात नै डान्सर हो भन्ने प्रश्नमा उनले आश्चार्य चकित हुँदै आफूले नृत्यलाई सुधार गर्न धेरै मिहेनत गरेको र आफुले परिश्रमको फल पाएको बताइन् ।
त्यतिबेला उनको नृत्य देखेर हाँसो उडाउने कोरियोग्राफरप्रति उनी धन्य छिन् किनभने उनीहरुकै हाँसो र मजाकले आज आफूलाई यो स्थानसम्म पुर्याइन् । शनिबार बाट सुरु भएकाे ‘झलक दिख्लाजा सिजन ९’ मा उनी निर्णायक (जज्) को रुपमा देखिदैँ छिन् । निर्णायक (जज्) ले निर्णय लिन अलि गाह्रो भएको र धेरै सोच्नुपर्ने उनले बताइन् । उनी लगायत करन जोहर, फराह खान, र गनेश हेज्डे पनि निर्णायक (जज्) का रुपमा देखिदैँ छन् ।
intertainment jayki farnadej