स्वास्थ्य

गर्भावस्थाबारे १४ रोचक तथ्य - जान्नुहोस्

गर्भावस्थाबारे १४ रोचक तथ्य -  जान्नुहोस्
pregnancy_stages_s19_doctor_pregnant_woman साउन - १५ । जन्म दिने आमाका लागि गर्भ रहेको समय निकै अविस्मरणीय र चरम क्षण हो । बाहिरी दुनियाँबारे त सबैलाई थाहा हुन्छ तर भित्र बच्चाको के कस्तो हालत हुन्छ भन्ने त कमैलाई थाहा होला । गर्भावस्थाबारे केही तथ्य यस्ता छन्ः १. बच्चाले गर्भमा रहेको समयमा आमाले खाएको खानाको स्वाद सजिलै लिन सक्छन् । २. बच्चाले गर्भमा पिसाब गरेर सोही खाने गर्दछन् । ३.संसारमा अहिलेसम्मकै लामो गर्भ १२.५ महिनासम्म रहेको थियो । ४.संसारमा सर्वाधिक जुडुवा अफ्रिकामा जन्मिएको अनुमान छ । ५.पहिले नै बच्चा जन्माइसकेका आमाहरुले बच्चा रोएको देखेमा उनीहरुको स्तन आफै रसाएर आउँछ । ६.संसारमा ७.१ मा करिब २००० बच्चा जन्मजात दाँत लिएर जन्मन्छन् । महिलामा गर्भको समयमा अधिक मात्रामा क्याल्सीयमको कमी भयो भने यस्तो हुने गर्छ । ७.यदि आमाले छोरा पाउने आशा गरेमा उनी भूल्ने र विर्सने प्रवृती बढी हुन्छ । ८.बच्चाहरु आमाको कोखभित्र पनि रुने गर्छन् तर आमालाई थाहा हुँदैन । ९ गर्भवती महिलाले अन्य सामान्य महिलाले ३ वर्षमा निकाल्ने एस्ट्रोजन एक दिनमा निकाल्ने भएकाले उनीहरु बढि भावुक हुने गर्छन् त्यसकारण उनीहरुलाई निराश बनाउन हुदैँन् । १०.गर्भवती भएको समयमा आमाको पेट ५०० गुणाले बढ्ने गर्दछ । ११. आमाको गर्भसगँै उनको खुट्टा र मुटु पनि बढ्ने गर्दछ । १२.बच्चाको औँठा छाप बच्चा जन्मेको पहिलो तीन महिनामा बन्ने गर्दछ । १३.गर्भवतीको ब्लड प्रेसर ५० प्रतिशतले बढ्ने हुनाले उनीहरु सुन्दर देखिन्छन् र गालाको रङ पनि गुलाबी हुने गर्दछ । १४.प्लासेन्टाबाट उत्पन्न हुने एस्ट्रोजन हार्मोनले स्वाद र सुघ्ने क्षमतालाई संवेदनशील बनाउने हुनाले गर्भवतीले धेरै वाक्वाक् गर्ने गर्छन् ।

Pregnancy

विशेष