समाज

जुनसुकै बेला जेसुकै हुन सक्ने जोखिमपूर्ण केन्द्रीय कारागारमा जे देखियो

जुनसुकै बेला जेसुकै हुन सक्ने जोखिमपूर्ण केन्द्रीय कारागारमा जे देखियो
साउन – १५ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागार चारै तिरबाट पर्खालले घेरिएको छ । झट्ट हेर्दा अत्यन्त सुरक्षित जस्तो देखिन्छ । तर, यहाँका भित्री कथा बेग्लै छन् । jail-nepalaaja-1 अग्लो न अग्लो पर्खालभित्र कैदीहरु कोही क्रिकेटमा व्यस्त देखिन्थे त कोही चेसमा जमिरहेका थिए । कोही मसाजमा मस्त थिए त कोही पढ्नमा तल्लिन । कोही लुगाफाटा धुन कस्सिएका थिए त कोही त्यसै टहलिरहेका थिए । jail-nepalaaja-4 कारागारजस्तो उच्च संवेदनशील ठाऊका यि दृश्य हेर्न भित्र गइरहनै पर्दैन । सुनधारास्थित सिटिसि महलको पाँचौं तलाबाट नेपालको केन्द्रीय कारागारको प्रांगणमा देखिएको हो । jail-nepalaaja-15 केन्द्रीय कारागारमा अनेक प्रकृतिका कैदी रहेका हुन्छन् । उनीहरुमाथि सुरक्षा चुनौती पनि उस्तै हुने गर्दछ । यस अघि केन्द्रीय कारागारमै रहेका युनुश अन्सारीमाथि जेलभित्रै गोली दागिएको थियो । कैदमा रहेका व्यक्तिको जीवन सुरक्षा राज्यले लिनुपर्दछ । तर, केन्द्रीय कारागारभित्र रहेकालाई सहजै निशाना लगाउन सकिने स्थिति छ । jail-nepalaaja-19 केन्द्रीय कारागार सुन्धारमा तार–बार, पर्खाल र दैनिकरुपमा उपस्थित हुने सुरक्षा गार्डले मात्र सुरक्षा दिइरहेका छन् । जहाँ नजिक रहेका उच्च भवन तथा महलबाट सजिलै कैदीलाई निशाना बनाउन सकिन्छ । एउटा साधारण क्यामेराले त त्यहाँ भित्र भएका हरेक दृष्यलाई कैद गर्न सक्छ भने अत्याधुनिक हतियारको निशाना परे के होला ? प्रश्न गम्भीर छ । jail-nepalaaja-16 केन्द्रीय कारागारमा रहिसकेका कारागार व्यवस्था विभागका उप-सचिव बेदप्रसाद पोखरेलले नजिकैका अग्ला भवनका कारण कैदीहरु असुरक्षित रहेको बताउंछन् । भूकम्प जाँदा पनि त्यहाँका धेरै कैदीको मृत्यु भएको उनको भनाइ छ । सिटिसि मलको विषयमा सम्बन्धित निकाय महानगरपालिकामा निवदेन पनि दिएको तर, त्यहाँबाट कुनै सुनुवाइ नभएको पोखरेलले नेपाल आजलाई बताए । मन्त्री परिषदमा पनि कारागारको बारेमा कुरा उठाएको भएपनि त्यसको सुनुवाइ हालसम्म नभएको उनको भनाइ छ । jail-nepalaaja-21 यसबारेमा महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंग तामाङ आफु पूर्णरुपमा अनविज्ञ भएको बताउँछन् । नेपाल आजसँग कुरा गर्दै उनले भने, ‘सिटिसि महलको बारेमा दुई तीन वर्ष अगाडि कुरा आएको थियो । त्यसपछि के भयो थाहा भएन ।’ कारागारबाट महानगरपालिकालाई निवेदन नआएको कार्यकारी निर्देशक तामाङको भनाइ छ । jail-nepalaaja-18 कारागारको इतिहास नेपालको पहिलो कारागार (सेन्टरजेल) वि.सं.१९७१ मा स्थापना भएको हो । २०१९ सालमा कारागारसम्बन्धी व्यवस्था गर्न कारागार ऐन २०१९ निर्माण भै उक्त ऐनको दफा २७ ले दिएको अधिकार प्रयोग गरी कारागार नियमावली २०२० तर्जुमा भै लागू भएको हो । कारागार व्यवस्थापन तथा प्रशासन सम्बन्धी कार्यलाई प्रभावकारी एवं सवल बनाउन २०५० साल श्रावण १ गतेदेखि गृह मन्त्रालय अन्तर्गत केन्द्रिय तहमा कारागार व्यवस्थापन विभागको स्थापना भै सञ्चालनमा आएको हो । jail-nepalaaja-20 दाङ जिल्लाको घोराही र तुल्सीपुर दुई ठाउँमा तथा काठमाडौँ जिल्लामा सुन्धारा र चारखाल दुई ठाउँमा एवम् अन्य ७० जिल्लामा एक एकवटा गरी हाल सम्ममा नेपालको कुल कारागारको संख्या ७४ रहेको छ । नेपालमा रहेका सबै जसको कारागारको अवस्था दयनिय भएको विभिन्न तथ्यांकहरुले देखाउँछन् । jail-nepalaaja-3 jail-nepalaaja-9 jail-nepalaaja-8 यी तस्विर सबै केन्दीय कारागार नजिकै रहेका सिटिसि महलकाे पाँचाै तलाबाट लिएकाे हाे । नेपाल अाज । प्रस्तुतिः विश्व रिमाल

Jail kendryeya karaghar kathmandu

विशेष