खेल

अस्ट्रेलियाको हारमा नयाँ कीर्तिमान

अस्ट्रेलियाको हारमा नयाँ कीर्तिमान
austr साउन १५ । पराजयमा अस्ट्रेलियाले नयाँ कीर्तिमान रचेको छ । अस्ट्रेलियालाई आफ्नो घरेलु मैदानमा श्रीलंकाले १ सय ६ रनले हराएको छ । जीतका लागि २ सय ६८ रनको लक्ष्य पछ्याइरहेको भ्रमणकारी टोलीलाई १ सय ६१ रनमै रोक्न सफल भएपछि श्रीलंकाले अस्ट्रेलियाविरूद्ध घरमा दोस्रो टेष्टको इतिहास रचेको हो । अस्ट्रेलियालाई हराउन श्रीलंकन स्पिनरले उत्कृष्ट प्रदर्शन गरे । जसमा रंगना हर्थाको प्रभाव बढी थियो । दोस्रो इनिङमा ५४ रन खर्चेर ५विकेट लिएका हर्थाको कसिलो बलिङका कारण अस्ट्रेलियाले १ सय ५४ बल खेल्दा समेत एक रन जोड्न सकेन् । टेष्टको नम्बर १ टोलीको रूपमा रहेको अस्ट्रेलियाले पहिलो इनिङमा ८६ रनको अग्रता बनाएको थियो । दोस्रो इनिङमा अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ५५ रन बनाए । पुछारका स्टिभ ओकेफे र पिटर नेभिलले १ सय ७८ बल खेल्ने क्रममा ४ रन मात्र जोडेपछि भ्रमणकारी टोलीको अवस्था दयनीय बन्न पुगेको थियो । तीनवटा टेष्टको श्रृंखलाअन्तर्गत दोस्रो टेष्ट आउँदो बिहिबारदेखि सुरु हुनेछ । यसअघि पहिलो इनिङमा श्रीलंकाले बनाएको १ सय १७ रन पछ्याउने क्रममा अस्ट्रेलियाले २ सय ३ रन बनाएको थियो । दोस्रो इनिङमा श्रीलंकाले ३ सय ५३ रन बनायो । उत्तरमा अस्ट्रेलिया १ सय ६१ मा अलआउट भयो । पुरै खेलमा ब्याट्सम्यान एलबीडब्लुको सिकार बने र हारको नयाँ कीर्तिमान अष्ट्रेलियाले रच्यो ।

austreliya Cricket

विशेष