स्वास्थ्य

स्वास्थ्यको दृष्टि यो मौसम खतरनाक हो, जोगिने उपाय यस्ता छन्

स्वास्थ्यको दृष्टि यो मौसम खतरनाक हो, जोगिने उपाय यस्ता छन्

Summer

अहिले वर्षायामको समय हो । यो समयमा वातावरण फोहोर हुनुका साथै पानीहरु मा पनि फोहोर मिश्रित भएको हुन्छ र पानीजन्य संक्रमण उच्च रहन्छ । जथाभाविका पानी पिउनाले पानीको संक्रमणबाट हुने झाडापखाला, टाइफाइड, आउं–मासी र जन्डिस (हेपाटाइटिस ई) जस्ता रोगहरु बढि मात्रामा फैलिन्छ । यस्ता रोगहरु पानीको माध्यमबाट शरीरमा सजिलै संक्रमण हुन्छ । । गर्मीमा ओगामा भाइरसका कारण झाडापखालाको बढी संक्रमण हुने गरेको पाइन्छ ।

झाडापखाला

गर्मीयाममा धेरै जासो झाडापखाला हुने गर्दछ । दूषित पानी र बासी, सडेगलेका खानाले झाडापखाला निम्त्याउँछ । गर्मीयाममा ब्याक्टेरीया बढि मात्रामा सक्रिय हुने भएकाले विभिन्न रोगहरु छिटो र सजिलै संक्रमण हुने गर्दछन । तराइमा धेरै गर्मी हुने भएकाले दुषित पानीबाट अझ सजकता अपनाउनु पर्ने हुन्छ । जथाभावी फोहोर नफ्याल्ने र गाई भैसीहरु नुहाएको पानी कुनै पनि हालतमा नछुने गर्नुपर्दछ । यस्ता रोगहरु विभिन्न प्रदुषित ठाउँहरुमा छिटो फैलने गर्दछ । काठमाडौं उपत्यकामा धैरै फोहोर छ र यसको व्यवस्थिकरण अझै सम्म पनि हुनसकेको छैन । ढल र खानेपानीको पाइप सँगसँगै रहेको र धेरै पुरानो भई टुटफुटको समस्या रहेकाले पानी र ढल मिसिने सम्भावना बढी देखिएको छ । यस्तो पानी सीधै पिउँदा झाडापखालाको खतरा रहन्छ । उपत्यकाका खानेपानीका पाइपहरू एक सय २५ वर्ष पुराना छन् । त्यसैल पानी शुद्धीकरण गरेरमात्र पिउने र सकभर पानी उमालेर पिउने गर्नु पर्दछ । जारका पानीहरु पनि त्यति शुद्ध हुदैन

झाडापखाला भएमा शरीरमा जलवियोजन हुने र यो नियन्त्रण नभएर मानिसको मृत्यु पनि हुन सक्छ । धेरै तिर्खा लाग्ने, छटपटी हुने, आँखा गढेको देखिने, पेटको छाला तानेर हेर्दा तत्काल पुरानै अवस्थामा नफर्किने, बच्चाले झोल पदार्थ पिउन नमान्ने, बेहोस हुनेजस्ता लक्षण जलवियोजनमा देखिन्छ । दुई हप्ताभन्दा लामो समयसम्म झाडापखाला लाग्नुलाई क्रोनिक डायरिया भनिन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ ।

टाइफाइड

दूषित पानी र अस्वस्थ खानपानका कारण हुने अर्को पानीजन्य रोग हो टाइफाइड । सालमोनेलाटाइफी ब्याक्टेरियाका कारण यसको संक्रमण हुन्छ दूषित र नउमालि पानी पिउने, खाना जथाभावी खाने र जस्तोपायो त्यस्तै पानीले सफा गरेको फलफूल खाने गर्नाले टाइफाइड हुन्छ । टाइफाइट हुँदा आन्द्रामा ज्वरो आउने गर्छ । ज्वरो आउने, जीउ दुख्ने, पेट दुख्नेजस्ता लक्षण टाइफाइड हुँदा देखिन्छन् । दुई हप्ता कटेपछि कलेजो, फियो बढ्ने र कडा खालको टाइफाइड लामो समयसम्म रहे आन्द्रा नै प्वाल पर्ने सम्भावना रहन्छ ।

पानीजन्य संक्रमणबाट बच्न

साबुनपानीले हात धोएर मात्र खानेकुरा खाने । फोहोर कुरा छोएपछि हात धुने । सधैँ उमालेको शुद्ध पानी मात्र पिउने । बासी सडेगलेका खानेकुरा नखाने । फोहोर र झिँगा भन्केका खानेकुरा नखाने । नपाकेको मासुलगायतका खानेकुरा नखाने । फलफूल सफा पानीले धोएर खाने । पानी र खानेकुरालाई राम्ररी छोपेर राख्ने । भरसक ताजा खाना खाने ।

Health In summer

विशेष