ताजा खबर

काठमाडौमा भयानक ग्याङ फाइट, एकको मृत्यु

काठमाडौमा भयानक ग्याङ फाइट, एकको मृत्यु
Scene of a car crash साउन १६ । आइतबार दिउसो काठमाण्डौमा ग्याङफाइट हुदाँ एक जनाको मृत्यु भएको छ । युवतीको विषयलाई लिएर भएको ग्याङफाइटमा १८ वर्षीय सुशान्त श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । वृत्तका अनुसार फाइटपछि घाइते भएका श्रेष्ठको उपचारको क्रममा काठमाडौं अस्पतालमा दिउँसो साढे २ बजे मृत्यु भएको हो । फाइटमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहास थापा, सौरभ श्रेष्ठ, सोहिल खान, सागर नगरकोटी, क्रिस्टल भण्डारी, सौरभ लामिछाने, सुमन तामाङ, रोशन मगर, रोहित बोहोरा, किस्मत हमाल र शरद अर्याल रहेका छन् । प्रहरीले अन्य ८ जना फरार रहेका र उनीहरुको खोजी कार्य जारी रहेको बताएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

Death jhagada kirtipur sorakhutte

विशेष