खेल

डेढ दशक बित्यो तर रंगशाला बनेन

डेढ दशक बित्यो तर रंगशाला बनेन
cricket साउन १६ । मोरङको वैद्यनाथपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण सुरु गरिएको डेढ दशक पुगिसकेको छ, तर अहिले सम्म पूरा हुन सकेको छैन । अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन सरकारले वैद्यनाथपुरमा २०५८ सालमा ८० लाख रुपैयाँ खर्चेर १५ बिघा जमिन खरिद गरिएको थियो जसमा कबर्डहल, क्रिकेट, सफ्टटेनिस कोर्ट, सुटिङ रेञ्ज सामेल गरिएका थिए । त्यसलगत्तै सरकारले बजेट विनियोजन गरेपछि भौतिक संरचना निर्माण गर्न थालिएको हो । रंगशालाको भौतिक संरचना निर्माणमा हालसम्म २ करोड ३० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।  योजनाअनुसार अघि नबढ्ने हो भने खेलकुद क्षेत्रमा जतिसुकै रकम खर्चिए पनि त्यसबाट प्रतिफल प्राप्त गर्न नसकिने खेल क्षेत्रका अगुवाहरूको बुझाइ छ । गाउँमा अन्तराष्ट्रिय रंगशाला निर्माण हुने भएपछि हर्षित भएका स्थानीय अहिले निराश हुन थालेका छन् ।

Morang nepal cricket

विशेष