
साउन १६ । बाराको कलैया नगरपालिकामा अढाइ वर्षीया बालिकाको बलात्कार भएको छ । बलात्कार आरोपमा कलैया–४का शिवम् स्विट्समा मजदुरी गर्ने ११ वर्षीय सागर राम चमार पक्राउ परेका छन् ।
पक्राउ परेका चमारलाई जिल्ला प्रहरी कार्यालय बाराको महिला तथा बालबालिका सेवा केन्द्रमा राखेर थप अनुसन्धान भइरहेको प्रहरले जनाएको छ । प्रहरीकाअनुसार बालकको उमेर सानो भएकाकारण हिरासतमा राख्न नमिल्ने भएकाले महिला तथा बालबालिका सेलमा राखिएको हो ।
चमारले बालिकाका बाबु–आमा कोही घरमा नभएको मौका छोपी बलात्कार गरेको प्रहरीले बताएको छ ।
कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराएपछि बालिकाको बलात्कार भएको खुलेको थियो ।
balatkar
Bara
Rape