मनोरञ्जन

सुल्तानले पछार्यो कबालीलाई

सुल्तानले पछार्यो कबालीलाई

sultan kabali साउन–१६ । पछिल्लो साता रिलिज भएको फिल्म ‘कबाली’ले बक्स अफिसमा एक सातामा राम्रो कमाई गर्न सफल भएको छ । यो फिल्ममा दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्त अभिनित छन् । यद्यपि यो एक्सन–थ्रिलरले बलिउड सुपरस्टार सलमान खान अभिनित चलचित्र ‘सुल्तान’ को पहिलो हप्ताको कमाईलाई भने उछिन्न सकेन । कबालीको पहिलो साताको कमाई विश्वभरबाट जम्मा ३३५ करोड रुपैयाँ भयो भने सुल्तानको सोही अवधीमा कमाई ३७० करोडभन्दा बढी भएको थियो । कबालीका निर्माता कलाइपुली एस थानुका अनुसार कबालीले रिलिज भएको छ दिनमा ३२० करोड कमाउन सफल भएको हो । हालसम्म सुल्तानले भारत भित्र र बाहिरबाट ५५० करोड कमाइसकेको छ ।

bolleywood filmy khabar kabali sultan

विशेष