
साउन १६ । भारतमा कांग्रेसका स्व. पूर्वमन्त्री हर्नाम दास जोहरको घरमा एक नेपाली मृत भेटिएका छन् ।
४० वर्षका भगत सिंह मृत भेटिएका हुन् । उनी २०१३ देखि हर्नाम दास जोहरको घरमा काम गर्न बसेका थिए ।
हर्मन दासका छोरा अजय र उनको परिवार चेन्नईमा बस्दै आएका छन् । त्यहाँ भगत र अन्य दुई कामदारका रुपमा कार्यरत थिए । शनिवार भगत फ्यानमा पासो लगाएको अवस्थामा मृत भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रहरीले शव पोस्टमार्टमका लागि सिभिल अस्पताल पठाएको छ र घटनाबारे अनुसन्धान थालेको छ ।
India
nepali suicide