खेल

रियो ओलम्पिकको सुरक्षा जिम्मा स्थानीय प्रहरीलाई दिइने

रियो ओलम्पिकको सुरक्षा जिम्मा स्थानीय प्रहरीलाई दिइने

rio साउन - १६ । रियो ओलम्पिक सुरु हुन ४ दिन बाँकी रहँदा ब्राजिलको कानुन मन्त्रालयले स्थानीय प्रहरीलाई सुरक्षाको सम्पूर्ण जिम्मा दिने निर्णय गरेको छ । यस अघि आर्टेल कम्पनीले सुरक्षाको जिम्मा लिएको थियो । तर सुरक्षासन्तोषजनक नभएको भन्दै कम्पनीलाई बर्खास्त गरेको छ ।

आर्टेल कम्पनीसँग रियो ओलम्पिकमा मैदानमा प्रवेश गर्ने सर्वसाधारणको सम्पूर्ण शरीरको खानतलासी गर्न र ‘एक्सरे–मेसिन’ को प्रयोग गर्न ३ हजार ४ सय सुरक्षाकर्मीको माग गरिएको थियो । तर, कम्पनिले ओलम्पिक सुरु हुने दिन नजिकिँदै जाँदा ५ सय सुरक्षाकर्मी मात्र तैनाथ गरेको थियो ।

कम्पनिलाई कार्यशैली नभएको भन्दै उसको अनुबन्ध खारेज गर्ने निर्णय त्यहाँको मन्त्रालयले गरेको छ ।

Rio 2016 security in rio olampyk

विशेष