ताजा खबर

दिउँसै खुकुरी देखाएर लुटपाट

दिउँसै खुकुरी देखाएर लुटपाट
r साउन–१६ । पोखराको व्यस्त बजारमा दिउँसो कालो र रातो पल्सर मोटरसाइकलमा आएका दुई जनाले पास्कल गल्लिमा खुकुरी देखाएर लुटपाट गरेका छन् । उनीहरूले पोखरा ७ घारीपाटनकी एक महिलाले लगाएको करिब ५ तोलाको सुनको सिक्रि लुटेर भागेका हुन् । उनी सँगै रहेकी अर्की महिलाको घाटीबाट सिक्रि निकाले पनि भाग्ने क्रममा सिक्रि भुइमा खसेको स्थानीयले बताए । दुबै महिलाको घाँटीमा सामान्य चोट लागेको प्रहरीले जानकारी दिएको छ । स्थानीयले समात्ने प्रयास गरे पनि सफल हुन सकेनन् । सिक्री लुटिसकेपछि मोटरसाइकलमा खुकुरी देखाउँदै हिडेको उनीहरु ट्याक्सीचोकमा पुगेपछि खुकुरी खसेको स्थानीयले बताए । कास्की प्रहरी प्रवक्ता गुजुसिद्धि बज्राचार्यले मोटरसाइकलमा जुन नम्बर टाँसिएको थियो त्यो मोटरसाइकलमा नम्बर फेला नपरेको र नक्कली नम्बर प्लेट हुन सक्ने बताएका छन् । पोखराको चारै नाकामा प्रहरी परिचालन गरेको र लुटेराको खोजी भइरहेको उनले बताए ।

Chor Pokhara thief

विशेष