खेल

क्यानकी सिइओ घिमिरेद्वारा राजीनामा

क्यानकी सिइओ घिमिरेद्वारा राजीनामा
नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेले पदबाट राजीनामा गरेकी छिन्। bhawan शुक्रबार सामाजिक सञ्जाल ट्विटरबाट उनले पद त्यागेको जनाएकी हुन्। 'क्रिकेट संघको सम्पूर्ण जिम्मेवारीबाट बाहिर बस्ने निर्णय गरेकी छुु', घिमिरेले ट्विट गर्दै भनेकी छिन्, 'करोडौँ नेपालीहरुको सपनासँग जोडिएको क्रिकेट यसरी लामो समय बन्दी बनाउनु दुर्भाग्यपुर्ण छ। सबै स्टेकहोल्डरहरु एकजुटभइ निकास निकाल्न अपिल गर्दछु।' शुक्रबार नै क्यानलाई अन्तरार्ष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले निलम्बन अनुमोदन गरेको थियो। स्कटल्याण्डको राजधानी इडनवर्गमा सम्पन्न आइसिसीको वार्षिक साधरणसभाले क्यानमाथिको कारवाही अनुमोदन गरेकै दिन सिइओ घिमिरेको राजीनामा आएको हो। घिमिरे अक्टोबर २०१४ मा क्यान सिइओ नियुक्त भएकी थिइन्। https://twitter.com/BhawanaCAN/status/748855056137461761 https://twitter.com/BhawanaCAN/status/748854803522990080 https://twitter.com/BhawanaCAN/status/748854468683325440

Bhawana Ghimire Can Nepal

विशेष