खेल

फुटबलर विराज सर्वोत्कृष्ट

फुटबलर विराज सर्वोत्कृष्ट
असार - १७ । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विराज महर्जन ‘दशरथ चन्द मेधावी खेलाडी पुरस्कार–२०७२’अन्तर्गतको सर्वोत्कृष्ट खेलाडीको पुरस्कारबाट सम्मानित भए । biraj maharjan राष्ट्रिय खेलकुद परिषद् (राखेप) र दशरथ चन्द मेमोरियल ट्रष्टद्वारा त्रिपुरेश्वरस्थित राखेप हातामा आज आयोजित कार्यक्रममा विराजलाई  १५ हजार एकसहित सम्मानपत्र प्रदान गरियो । गत वर्ष भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग)को फुटबल तथा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप फुटबलमा नेपालले स्वर्ण पदक जित्दा विराज टोलीका कप्तान थिए । ट्रष्टले पाँच विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी प्रत्येक क्षेत्रका खेलाडीलाई सम्मान गर्दै आएबमोजिम विराज मध्यमाञ्चलबाट छनोट भएका हुन् । त्यस्तै पूर्वाञ्चलबाट जुडोकी फुपुल्हामु खत्री, पश्चिमाञ्चलबाट तेक्वान्दोकी निमा गुरुङ, मध्यपश्चिमाञ्चलबाट उसुकी निमा घर्तीमगर तथा सुदूरपश्चिमाञ्चलबाट उसुकै राजेश चौधरी उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भए । चारैजना १२ औँ सागका पदक विजेता हुन् । फुपु र निमाले स्वर्ण तथा तेक्वान्दोकी निमा र राजेशले रजत पदक जितेका थिए । चारैले जनही रु १० हजार एकका दरले नगद र सम्मानपत्र पाए । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, नेपाली काँग्रेसका नेता एनपी साउद, ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्द तथा राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले सम्मान गरे ।

biraj maharjan Nepal Football

विशेष