खेल

युरो कपमा पैसाको ग्लामर

युरो कपमा पैसाको ग्लामर
France Soccer Euro 2016 फ्रान्समा जारी युरोकप फुटबल २०१६मा नक आउट चरणका खेल सुरु भएका छन् । दिनदिनै खेल रोचक चरणमा प्रवेश गर्दैछ । तर युरो कपको खेल विजय र पराजय मैदानमा मात्र सिमित छैन । युरोलाई लिएर खेलकुद जगत संगसंगै सिङ्गो कर्पोरेट दुनियाँ ‘जित हार’को होडमा छ । युरोका कारण ’स्पोर्ट्स वेयर’देखि टिभी, वियर र पेय उत्पादकसम्मलाई दशैं आएको छ । ’स्पोर्ट्स वेयर’ उत्पादकहरु एडिडास, नाइक, पुमा लगायतलाई विभिन्न देशका साइज साइजका जर्सी बनाउन भ्याइ नभ्याइ छ । बजारमा नपुग्दै त्यो हारालुछ भएर सकिइ हाल्छ । सहभागि मुलुकको संख्या १६ बाट २४ र्पुयाउँदा पनि यिनै कम्पनीलाई फाइदा पुगेको छ । किनभने आफ्नै ग्राहक थपिएका छन् । uro cup सबैभन्दा धेरै एडिडासले युरो खेल्ने नौ टिमको जर्सी उत्पादनको अनुमति पाएको छ । यसमा विश्व विजेता जर्मनीदेखि युरोको डिफेन्डिङ च्याम्पियन स्पेनसम्म छन् । यस्तै नाइक ६ र पुमाले ५ देशलाई आपुर्ती गरेका छन् । बाँकी देशहरुलाई साना कम्पनीहरु जुमा, उम्ब्रो लगायतले स्पोर्ट्स वेयर आपुर्ती गर्छन् । फुटबलको नियमित प्रायोजक काल्सबर्गले युरो लक्षित प्रचारका लागि मात्र आठ करोड युरो खर्चिएको छ । कोकको बजार पनि त्यसै गरी उधुम उकालो लागेको छ । विश्व भरनै युरोकप देखाउन ठूला स्क्रिन राखेरका रेष्टुराँ र बारहरुको व्यापारमा पनि उछाल आएको छ । त्यस बाहेक फ्रान्सका होटलहरुको चाँदी कटाइको त कुरै छैन । पर्यटकको सधैं घुइँचो लाग्ने राजधानी पेरिस लगायतका स्थानमा उसै पनि होटल महङ्गो छ । त्यस माथि युरोको मौका छोपेर व्यवसायीले ८० प्रतिशतसम्म मूल्य बढाएका छन् । अघिल्लो सातासम्म प्रति रात ९३ युरोमा पाइने होटलको कोठाको मूल्य खेल हुने रात एक सय ६७ युरो तोकिँदा पनि फ्यानहरुको हारालुछ कम छैन । फ्रान्सका लागि युरोको लाभ त्यतिमा सकिन्न । समग्रमा विभिन्न देशबाट आएका फुटबल फ्यानले खर्च गर्ने कुल करिब एक अर्ब ३० करोड युरो त्यहाँको अर्थतन्त्रमा थपिनेछ । यस्तै प्रतियोगिता फ्रान्सेली स्टेडियम सञ्चालन गरे बापत एक अर्ब ७० करोड पाउनेछ । यसरी आयोजक फ्रान्सले युरोकपबाट सोझै तीन अर्ब युरो फाइदा गरेको छ । फुटबलमा युरोपको आधिपत्य इतिहासमै सबैभन्दा धेरै टिम सम्मिलित यस पटकको युरो सहभागिता र खेल दृष्टिले मात्र भव्य छैन । लगातार बढ्दो बजेट यसको अर्को आकर्षण हो । युरोपेली फुटबल महासंघले यसपाली दुई अर्ब युरो रेभेन्यु उठाउने लक्ष्य राखेको छ । यो चार बर्ष अघि पोल्यान्ड र युक्रेनले सयुक्त रुपमा आयोजना गर्दाको समयभन्दा ४३ प्रतिशत बृद्धिको लक्ष्य हो । त्यस बेला एक अर्ब ४० करोड रेभेन्यु संकलन भएको थियो । यस्तै प्रायोजन रकम ४० प्रतिशतले बढेर युरो २०१६ युरोपकै ठूलो आर्थिक गतिविधि समेत बन्न पुगेको छ । प्रायोजन रकममा १९९६ पछिको ठूलो छलाङ हो । Germany players pose for a team photo prior to the Euro 2016 group D qualification soccer match against Georgia in Leipzig, Germany October 11, 2015.   REUTERS/Fabrizio Bensch  - RTS408M सहभागी टिमको संख्या अघिल्लो पटकभन्दा ५० प्रतिशतले बृद्धि हुँदा फ्यानसँगै टिकटबाट हुने आय त बढ्नेनै भयो । त्यस बाहेक टेलिभिजनहरुलाई लाइभ प्रशारणको अधिकार दिए बापत समेत युरोपेली फुटबलको सर्बोच्च संस्थाले एक अर्ब पाँच करोड युरो कमाएको छ । यो अघिल्लो पटकभन्दा २५ प्रतिशतले बढी हो । यसबाट पनि युरोपेली फुटबल प्रतिको विश्व चासो बुझ्न सकिन्छ । प्रतिभाशाली फुटबलर उत्पादनमा युरोप भन्दा दक्षिण अमेरिका उर्वर मानिन्छ । तर, दक्षिण अमेरिकी देशमा जन्मिएका खेलाडी आफ्नो भूमीमा मात्र खेलेर विश्वमाझ चिनिन सक्ने अवस्था छैन । युरोपको कमर्शियल ग्लामरकै कारण हो । दक्षिण अमेरिकाका हरेक खेलाडीको इङ्लिस, स्पेनिस, जर्मन, फ्रेन्च या इटालियन क्लवहरुमा आवद्ध हुने होड चल्ने गरेको छ । त्यहिँबाट उनीहरुले नाम र दाम कमाउन सफल भएका छन् । युरोपको क्लव फुटबलमा चम्किएका सबै खेलाडी युरोकपमा देखिन्नन् । तर युरोपेली क्रेजी यति भइ सक्यो कि फुटबलमा व्यवसायमा जोड्न चाहने जो कसैको पहिलो आँखा त्यहिँ पर्छ । त्यसको पछिल्लो प्रमाण हो युरोपेली क्लबहरुमा एसिया र मध्यपुर्वका धनाड्यहरुको बढ्दो लगानी । त्यसैले युरोकपमा कुन खेलाडी खेल्दैछ भन्ने प्रश्न भन्दा पनि त्यो युरोप हो भन्ने कोणबाट लगानी र पैसाको बर्षा भइ रहेको छ । त्यहि लगानीले दर्शकको संख्या पनि लगातार बिस्तार गर्दैछ । १६ टिम सम्मिलित कोपा अमेरिकाको टेलिभिजन ब्रोडकाष्ट अनुमति ११ करोड २५ लाख अमेरिकी डलरमा बिक्री भयो । जुन युरोको १० प्रतिशत पनि होइन । युरोको लाभ आयोजक राष्ट्र र संस्थालाई मात्र छैन । बिजेता टोलीको पुरस्कार समेत बढाइएको छ । युरो २०१६ को ट्रफि चुम्नेले दुई करोड ७० लाख युरो पाउनेछ । जुन सन् २०१२ को तुलनामा ३५ लाख युरोले बढी हो । सहभागि सबै टोलीले न्युनतम ८० लाख युरो पाउनेछन् । त्यसपछि हरेक गेम जितेपिच्छे पुरस्कार रकम बढ्दै जानेछ ।

France Uro Cup 2016

विशेष